१२७ देशसँग नेपालको व्यापार घाटा, अफगानिस्तानसँग सबैभन्दा धेरै नाफा
सारांश
- आर्थिक वर्ष २०८१/८२ मा नेपालले १२७ देशसँग व्यापार घाटा व्यहोरेको छ।
- भारत र चीनसँगको व्यापार घाटा उच्च रहेको छ, जसले कुल घाटामा ठूलो हिस्सा ओगटेको छ।
- अफगानिस्तानसँग नेपालले व्यापार नाफा कमाएको छ, तर यो अन्य देशको घाटाको तुलनामा कम छ।
काठमाडौं । आर्थिक वर्ष २०८१/८२ मा नेपालले १२७ देशसँग व्यापार घाटा व्यहोरेको छ । २०८१ साउनदेखि २०८२ असारसम्म विभिन्न उत्पत्ति मुलुकबाट आएका मालवस्तुका आधारमा यस्तो अवस्था देखिएको हो ।
यो अवधिमा नेपालले १६४ देशसँग व्यापार गरेको थियो । त्यसमध्ये बाँकी रहेका ३७ देशसँगको व्यापारमा मात्रै नाफा रहेको भन्सार विभागले जनाएको छ ।
तथ्याङ्कअनुसार समीक्षा अवधिमा नेपालले कुल १८ खर्ब ४ अर्ब १२ करोड रुपैयाँ बराबरको वस्तु आयात गरेको छ । यही अवधिमा २ खर्ब ७७ अर्ब ३ करोड रुपैयाँमा सीमित भएको छ। यसले गर्दा देशले कुल १५ खर्ब २७ अर्ब ९ करोड रुपैयाँको विशाल व्यापार घाटा व्यहोरेको छ।
नेपालको व्यापार घाटा बढाउनमा दुई छिमेकी मुलुक भारत र चीनको सबैभन्दा ठुलो भूमिका देखिएको छ। सबैभन्दा बढी व्यापार घाटा भारतसँग रहेको छ। नेपालले भारतबाट १० खर्ब ७१ अर्ब १९ करोड रुपैयाँको आयात गर्दा जम्मा २ खर्ब २४ अर्ब ६८ करोड रुपैयाँको मात्र निर्यात गर्न सकेको छ। यसबाट भारतसँग मात्रै ८ खर्ब अर्ब ४६ करोड ५४ लाख रुपैयाँको घाटा देखिन्छ।
त्यसै गरी, दोस्रो ठुलो व्यापार घाटा चीनसँग रहेको छ। चीनबाट ३ खर्ब ४१ अर्ब १० करोड रुपैयाँ बराबरको वस्तु आयात हुँदा नेपालबाट चीनतर्फको निर्यात केवल २ अर्ब ६३ करोड रुपैयाँमा सीमित छ। यसले चीनसँग मात्रै ३ खर्ब ३८ अर्ब ४७ करोड रुपैयाँको घाटा देखाउँछ। यी दुई देशसँगको कुल घाटा मात्रै ११ खर्ब ८५ अर्ब रुपैयाँ भन्दा बढी छ, जुन कुल व्यापार घाटाको ठुलो हिस्सा हो।
भारत र चीनबाहेक बढी व्यापार हुने मुलुकहरूमा अर्जेन्टिना, युक्रेन, संयुक्त अरब इमिरेट्स (युएई), इन्डोनेसिया, थाइल्यान्ड, ब्राजिल, मलेसिया र अस्ट्रेलिया लगायत देशहरू क्रमशः छन् । इन्डोनेसियासँग १४ अर्ब ९१ करोड, यूएईसँग २२ अर्ब ३१ करोड,
अर्जेन्टिनासँग ९९ अर्ब २९ करोड रुपैयाँ, युक्रेनसँग २४ अर्ब ९० करोड व्यापार घाटाको अवस्था देखिन्छ ।
यो अवधिमा नेपालले सबैभन्दा बढी व्यापार नाफा अफगानिस्तानसँग गरेको छ। अफगानिस्तानतर्फ ७७ करोड रुपैयाँको निर्यात हुँदा आयात भने जम्मा ८४ हजार रुपैयाँको मात्र छ, जसले गर्दा ६८ करोड ६१ लाख रुपैयाँ नाफा भएको छ।
यसैगरी, डेनमार्कसँग ३३ करोड ८९ लाख र रसियासँग ७ करोड ७४ लाख रुपैयाँको व्यापार नाफा रहेको छ। तर, नाफाको यो अङ्क घाटाको तुलनामा नगण्य देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
असार नजिकिएसँगै किसानलाई रोपाइँको चटारो, धान रोप्न खेत तयार पार्दै
-
बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा
-
७७ वटै जिल्लामा रास्वपाको अधिवेशन : कुन जिल्लामा कहिले ?
-
गृहमा सुधनको ‘कमब्याक’ भण्डारीको प्रतिवेदनमा निर्भर !
-
एथलेटिक्समा बागमतीलाई सर्वाधिक स्वर्ण, तीन जुनियर राष्ट्रिय कीर्तिमान कायम
-
अमेरिकी सिनेटले सीमा गस्तीका लागि छुट्ट्यायो ७० अर्ब डलरको अतिरिक्त बजेट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण