मकवानपुरमा एक वर्षमा सवारी दुर्घटनाका कारण ५० जनाको मृत्यु
सारांश
- मकवानपुरमा गत आर्थिक वर्षमा ४०७ वटा दुर्घटना हुँदा ५० जनाको मृत्यु भएको छ।
- प्रहरीले लागुऔषध, अवैध कारोबार र अन्य मुद्दामा ९२८ जनालाई पक्राउ गरेको छ।
- प्रहरीले १६ करोडभन्दा बढीको अवैध सामान र राजस्व संकलन गरेको छ।
मकवानपुर । मकवानपुरमा गत आर्थिक वर्षमा ४०७ वटा दुर्घटनामा परेर ५० जनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८१/०८२ को अवधिमा भएका सवारी दुर्घटनामा परेर १६३ जना गम्भीर घाइते भएका छन् भने ८०२ जना सामान्य घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालका अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा १ हजार ७५ वटा मुद्दामा ९२८ जना अभियुक्त पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी इकाईहरूले अपराध अनुसन्धान, लागुऔषध नियन्त्रण, अवैध कारोबार नियन्त्रण, फैसला कार्यान्वयन तथा ट्राफिक व्यवस्थापनका अभियान अन्तर्गत उनीहरूलाई पक्राउ गरिएको जनाएको हो ।
लागु औषध सम्बन्धी १८८ वटा मुद्दामा २८९ जना व्यक्तिहरूलाई पक्राउ गरिएको उनले बताए । पक्राउ परेका मध्ये २७६ जना नेपाली नागरिक रहेका छन् भने १३ जना विदेशी नागरिक रहेको उनले बताए । सो अवधिमा प्रहरीले ६ हजार ४ किलो गाँजा, ५१ किलो ७१० ग्राम चरेस, २६ किलो ८८० ग्राम अफिम, ६२८ बोतल कोरेक्स, ९५ हजार २७१ थान ट्रामाडोल तथा नाइट्राभेटर ट्याबलेट/क्याप्सुल, २ हजार ७५७ एम्पुल डाईजेपाम, ४७६ ग्राम खैरो हेरोइन बरामद गरेको छ । उक्त घटनामा संलग्न ५५ वटा सवारी साधनसमेत नियन्त्रणमा लिइएको प्रहरी नायव उपरीक्षक अर्यालले बताए ।
अवैध भन्सार छली नियन्त्रण अभियानअन्तर्गत प्रहरीले १६ करोड १७ लाख ७४ हजार २३ रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको उनको भनाई छ । जसमा २ करोड ५९ लाख १९ हजार रुपैयाँ बराबरको लत्ता कपडा तथा खाद्यान्न, ८ किलो ७३५ ग्राम १४३ मिलिग्राम (१२, करोड १७ लाख २७ हजार ५०६ रुपैयाँ) सुन, २ किलो १९६ ग्राम (३ लाख ६६ हजार ५४९ रुपैयाँ) चाँदी, १० थान सवारी साधन (७० लाख ८१ हजार रुपैयाँ) र ६२ लाख ९० हजार ३५ रुपैयाँ बराबरको अवैध मुद्रा समेत नियन्त्रणमा लिइएको उनले बताए । प्रहरी नायव उपरीक्षक अर्यालका अनुसार सो अवधिमा सवारी कारबाही ३० हजार ३४ वटा बाट २ करोड ४१ लाख ४५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
उनका अनुसार सो अवधिमा फैसला कार्यान्वयनतर्फ १८३ जना फरार प्रतिवादी पक्राउ गरिएको छ । सो अवधिमा १ करोड २१ लाख ७३ हजार ८०५ जरिवाना असुल गरिएको छ भने ९९ वर्ष ११ महिना २३ दिन कैद सजाय कार्यान्वयनमा ल्याइएको छ ।
अवैध गिट्टी–बालुवा उत्खनन नियन्त्रणतर्फ १९५ वटा कारबाहीहरू गरिएको उनले बताए । जसमा १६२ वटा ट्रयाक्टर, ३१ वटा टिप्पर र २ वटा स्काभेटर संलग्न रहेको उनले बताए । उक्त घटनामा संलग्न भएकाबाट ११ लाख १५ हजार ५०० रुपैयाँ बराबरको राजस्व सङ्कलन गरिएको छ ।
उक्त अवधिमा मादक पदार्थ सेवन (मापसे)मा ८४४ जना र लागू पदार्थ सेवनमा २१ जनामाथि मुद्दा दर्ता गरिएको छ । सो अवधिमा प्रहरीले १२० बिगाहा ४ कट्ठा क्षेत्रफलमा लगाइएको गाँजा र ३९ बिगाहा १४ कट्ठा अफिमको खेती नष्ट गरेको छ । यस अभियानमा ४२१ जना प्रहरी परिचालित गरिएको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण