भक्तपुरमा मयुर यातायातको ठक्करबाट पैदलयात्रुको मृत्यु
मङ्गलबार, ०६ साउन २०८२, १३ : ३४
सारांश
- भक्तपुरमा मयुर यातायातको ठक्करबाट ७१ वर्षीया पैदलयात्रुको मृत्यु भएको छ।
- सडक पार गर्दै गरेकी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल भक्तपुरमा मृत्यु भयो।
- प्रहरीले बस चालक दिल कुमार तामाङलाई पक्राउ गरेको छ।
काठमाडौँ । भक्तपुरमा मयुर यातायातको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । मंगलबार सूर्यविनायकबाट आदर्श चोक जाँदै गरेको बा.५ ख ४७८२ नम्बरको मयुरले सडक पार गर्दै गरेकी ७१ वर्षीया सुवर्ण केशरी श्रेष्ठको मृत्यु भएको हो ।
बसको ठक्करबाट गम्भीर घाइते भएकी श्रेष्ठको उपचारको क्रममा जिल्ला अस्पताल भक्तपुरमा मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले रातोपाटीलाई बताए । मृतक भक्तपुर नगरपालिका–४ मंगलाछेंकी स्थानीय हुन् ।
बस चालक नुवाकोटको शिवपुरी घर भएका २८ वर्षीय दिल कुमार तामाङलाई प्रहरीले पक्राउ गरेको छ । बस र चालक दुवैलाई प्रहरी वृत्त जगातेमा राखिएको एसपी गिरीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा र विराटनगरसहितका सहरमा वर्षाको सम्भावना ८० प्रतिशत
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
आदिकवि भानुभक्त आचार्यको २१३ औँ जन्मजयन्ती मनाइयो, तस्बिरहरू
-
कोशी अस्पतालको जग्गामा निर्माण गरेको संरचनामाथि डोजर चलाउन थालियो
-
भानुभक्तको योगदान अतुलनीय र ऐतिहासिक: मुख्यमन्त्री पाण्डे
-
अमेरिका र इरानबिच आक्रमण र प्रत्याक्रमण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण