सुकुमबासी बस्ती जोगाउँदै वाईसीएल
काठमाडौँ । सुकुमबासी बस्ती जोगाउन भन्दै नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ कम्युनिष्ट लीग नेपाल वाईसीएलले मनोहरा खोलामा तटबन्ध निर्माण गरेको छ ।
वर्षायाममा बाढी आउँदा बस्ती डुबानमा पर्ने र ठुलो जनधनको क्षति हुने विगत सम्झँदै त्रसित रहेका बस्तीबासीको अनुरोधमा वाईसीएलले अस्थायी तटबन्ध निर्माण गरेको हो ।
श्रम तथा उत्पादनमा वाईसीएल अभियान अन्तर्गत बागमती र सम्पर्क विशेष प्रदेशको आयोजना तथा काठमाडौँ र भक्तपुर जिल्ला समितिसँगको सहकार्यमा भएको उक्त श्रमदानमा हजारौँको सहभागिता रहेको थियो ।
सरकारी तवरबाट हुने विकासबाट पछाडि पारिएको उक्त क्षेत्रमा भएको श्रमदानमार्फत दुई सय मिटर लामो र पाँच फिट अग्लो तटबन्ध बनाई बस्ती सुरक्षित गरिएको अध्यक्ष पुष्प ओलीले बताए ।
उक्त अभियानमा माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेत, केन्द्रीय सदस्य एवं वाईसीएल इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखा, केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य राजन दाहाल, केन्द्रीय सदस्यहरू दिलिप प्रजापती, डिपी ढकाल तथा वाईसीएलका पदाधिकारीहरू, भक्तपुरका स्थानीय जनसमुदायको उपस्थिति थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण