सोमबार, २२ असार २०८३
ताजा लोकप्रिय

नेपाल र कुवेतबिच वार्षिक द्विपक्षीय शृङ्खला गर्ने सहमति

२०२६ देखि पुरुष तथा महिला क्रिकेट टोलीहरूबिच नियमित टी२० र ५० ओभर खेल हुने
मङ्गलबार, ०६ साउन २०८२, २० : २५
मङ्गलबार, ०६ साउन २०८२

काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र कुवेत क्रिकेट बोर्डबिच पुरुष तथा महिला टोलीबिच वार्षिक द्विपक्षीय क्रिकेट शृङ्खला आयोजना गर्ने सहमति भएको छ ।

२०२६ देखि लागू हुने गरी सुरु हुने यो सहकार्य अन्तर्गत दुई देशले बर्सेनि होम एन्ड अवे आधारमा कम्तीमा तीन वटा टी२० अन्तर्राष्ट्रिय खेल तथा अन्य एक दिवसीय (५० ओभर) खेलहरू खेल्नेछन् । 

यो सहकार्यले एसोसिएट क्रिकेट राष्ट्रहरूबिच अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान र प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ ।

नेपालले सन् २०२४ को आईसीसी टी२० विश्वकपमा प्रभावशाली प्रदर्शन गरेसँगै, कुवेत सन् २०२६ को टी२० विश्वकप एसिया क्षेत्रीय छनोटको तयारीमा जुटिरहेको छ । यस्तो सन्दर्भमा गरिएको यो रणनीतिक साझेदारी समयानुकूल र दूरदर्शी कदम मानिएको क्यानले बताएको छ । विशेष गरी कुवेतमा रहेको नेपाली समुदायको उपस्थितिले यो शृङ्खलालाई थप अर्थपूर्ण बनाउनेछ ।

उल्लेखनीय छ, नेपाल र कुवेत दुवै टोली सन् २०२६ को एसिया क्षेत्रीय छनोटको एउटै समूहमा परेका छन्, जसले आगामी वर्षहरूमा दुई देशबिचको क्रिकेट प्रतिस्पर्धालाई रोमाञ्चक बनाउने सङ्केत देखाएको क्यानको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप