मिसन–२०२६ः एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अङ्कको पदक लक्ष्य
काठमाडौँ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले आगामी जापानमा आयोजना हुने २०औँ एसियाली खेलकुद (एसियाड) मा स्वर्ण पदकसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्य राखिएको ‘मिसन–२०२६’ कार्यक्रम राष्ट्रलाई खुसी बनाउने दीर्घकालीन योजना भएको बताएका छन् ।
मंगलबार सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा आयोजित एक समीक्षा बैठकमा बोल्दै घिसिङले, ‘म पूर्व भइसकेको भए पनि त्यो महत्त्वपूर्ण होइन, खेलाडीको निरन्तर प्रशिक्षण नै पदक जित्ने आधार हो ।’
उनले योजना सफल बनाउन खेल सङ्घहरूको सक्रियता अनिवार्य रहेको बताए । एसियाली खेलकुद आउन अब मात्र १३ महिना बाँकी रहेकाले घिसिङले सहभागी १० सङ्घका पदाधिकारी तथा मुख्य प्रशिक्षकहरूलाई ठोस र स्पष्ट कार्य योजना एक हप्ताभित्र राखेपमा बुझाउन निर्देशन दिए । उक्त योजनाअन्तर्गत अन्तर्राष्ट्रिय महासङ्घ, अन्य मुलुकका खेलकुद संस्था तथा दूतावाससँग सहकार्य विस्तार गर्ने कुरामा पनि उनले जोड दिए ।
हाल मिसन–२०२६ मा २ करोड ७० लाख रुपैयाँ मात्र उपलब्ध भए पनि घिसिङले खेल सङ्घहरूबाट व्यावहारिक योजना आएमा बजेटका लागि गम्भीर पहल गरिने आश्वासन दिए ।
साथै, हालै स्थापना गरिएको नेपाल हाई परफमेन्स सेन्टर तथा खेलकुद विज्ञान अनुसन्धान केन्द्रले खेलाडीको समग्र प्रदर्शनमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
राष्ट्रिय टिम तयारी निर्देशक दीपक विष्टले खेलाडीको फिट्नेस टेस्टपछि औपचारिक रूपमा प्रशिक्षण सुरु हुने जानकारी दिँदै प्रशिक्षणलाई अझ प्रभावकारी बनाउने सुझाव सङ्कलन गर्न बैठक आयोजना गरिएको बताए ।
बैठकमा सहभागी खेल सङ्घका प्रतिनिधि र प्रशिक्षकहरूले खेल सामाग्री, इभेन्ट्स, एक्सपोजर, खेलस्थल, खेलाडी कोटा, विदेशी प्रशिक्षक, आहार, स्पारिङ्ग पार्टनरको व्यवस्था लगायत विविध पक्षमा सुविधा वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
गत आ.व. २०८०/८१ देखि सुरु गरिएको मिसन–२०२६ अन्तर्गत हालसम्म १० खेलका ९९ खेलाडी र २२ प्रशिक्षक गरी १२१ जनालाई विशेष प्रशिक्षणमा समावेश गरिएको छ । पारा तेक्वान्दो पनि मिसनको दायरामा समावेश गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गोल्डेन बुटको होडमा त्रिपक्षीय भिडन्त: मेसी, एम्बाप्पे र हालान्डबिच कडा प्रतिस्पर्धा
-
मेक्सिकोविरुद्ध इङ्ल्यान्डलाई उचाइको चुनौती
-
ब्राजिललाई स्तब्ध पार्दै नर्वे पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा
-
७९ औँ मिनेटमा हालान्डको गोल, नर्वेविरुद्ध ब्राजिल १–० ले पछि
-
ब्राजिल र नर्वेको पहिलो हाफ गोलरहित बराबरीमा समाप्त
-
नर्वेविरुद्ध ब्राजिलले गुमायो सुनौलो अवसर, ब्रुनो गिमारेसद्वारा पेनाल्टी मिस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण