विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्नेबारे सम्झौता
सारांश
- सरकारले विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने भएको छ।
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल ड्रोन सङ्घबीच सम्झौता भएको छ।
- सम्झौता अनुसार, प्राधिकरणको समन्वयमा सङ्घले निःशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्नेछ।
काठमाडौँ । सरकारले विपद् प्रतिकार्यमा मानवरहित हवाई उपकरण (ड्रोन) प्रयोग गर्ने भएको छ ।मंगलबार गृह मन्त्रालयमा विपद् प्रतिकार्यमा मानवरहित ड्रोन प्रयोग सम्बन्धमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र नेपाल मानवरहित विमान (ड्रोन) सङ्घ/नेपाल ड्रोन सङ्घबिच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौता अनुसार प्राधिकरणको समन्वयमा सङ्घले निःशुल्क विपद् प्रतिकार्यमा ड्रोन प्रयोग गर्ने गृहमन्त्री रमेश लेखकले जानकारी दिए । कुनै ठाउँमा विपद् भए ड्रोन प्रयोग गरेर खोज र उद्धारका साथै आवश्यकताका आधारमा राहत समेत उपलब्ध गराउन सकिने उनको भनाई छ ।
गृहमन्त्री लेखकले अहिले विपद्को प्रतिकार्य खोज, उद्धार राहतका लागि अत्याधुनिक प्रविधि प्रयोग गरिरहेको उल्लेख गरे ।विपद्को पूर्व सूचना प्रणालीलाई चुस्तदुरुस्त राख्ने काममा मन्त्रालय निकै अगाडी बढिसकेको मन्त्रीले लेखकले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री शाहले नेपाल अर्ग्यानिक सङ्घका पदाधिकारीसँग छलफल गर्दै
-
रोड्री भित्र्याउन रियल र एजेन्टबिच गोप्य वार्ता
-
आजदेखि २४औँ सत्याग्रह सुरु गर्दै गोविन्द केसी
-
देशका प्रमुख नदीमा बहाव सामान्य, २८ जिल्लाका साना खोलामा बाढीको मध्यम जोखिम
-
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँच, लागुऔषध सेवन गर्ने तीन डुङ्गा चालक नियन्त्रणमा
-
अमेरिकी तल्लो सदनबाट ११ खर्ब ५० अर्ब डलरको रक्षा विधेयक पारित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण