केन्द्रीय कमिटी बैठक
पूर्व राष्ट्रपति सक्रिय राजनीतिमा आउन मिल्दैन, हुँदैन: अध्यक्ष ओली
मङ्गलबार, ०६ साउन २०८२, २३ : ३०
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नमिल्ने बताए।
- ओलीले पूर्व राष्ट्रपति राजनीतिमा आउँदा उक्त पदको गरिमा घट्ने बताएका हुन्।
- एमाले अध्यक्ष ओलीले राष्ट्रपति पदलाई सम्मान गर्ने बताए।
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व राष्ट्रपति विद्या भण्डारी सक्रिय राजनीतिमा आउन नमिल्ने बताएका छन् ।
पार्टीको नवौँ केन्द्रीय कमिटी बैठक समापन मन्तव्य राख्दै अध्यक्ष ओलीले राष्ट्रपतिजस्तो गरिमामय पदमा पुगेको व्यक्ति राजनीतिमा आउँदा व्यवस्था र उक्त पदकै गरिमाको ओझ नरहने भन्दै भण्डारीले सम्मानित भएर बस्नुपर्ने बताए ।
‘पूर्व राष्ट्रपतिजी सक्रिय राजनीतिमा आउनुहुन्न । आउन मिल्दैन । हामी राष्ट्रपति पदलाई सम्मान गर्छौ’, बैठक समापन समारोहमा ओलीको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनलाइनमार्फत सामान खरिदमा ‘क्यास अन डेलिभरी’ गर्दा ठगिने सम्भावना कम हुन्छ : दिलीप कुमार गिरी
-
प्रतिनिधिसभा बैठक स्थगित
-
एमाले सांसद राईले सभामुखलाई 'कान सुन्नुहुन्छ कि सुन्नुहुन्न' भनेपछि....
-
ध्रुवे हात्तीको दाह्रा काट्ने तयारी
-
अनलाइन ठगीबाट कसरी जोगिने ?
-
मौद्रिक नीतिको प्रभावकारी कार्यान्वयनबाट मात्र अर्थतन्त्रले गति लिन्छ : राजेन्द्र मल्ल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण