फुटबल
इङ्गल्यान्ड महिलाको टोली युरो २०२५ को फाइनलमा
बुधबार, ०७ साउन २०८२, ०३ : ५८
सारांश
- इङ्ल्यान्डको महिला फुटबल टोली युरो २०२५ को फाइनलमा प्रवेश गर्न सफल भयो।
- सेमिफाइनलमा इङ्ल्यान्डले इटलीलाई २-१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गर्यो।
- क्लो केलीको गोलले इङ्ल्यान्डलाई जित दिलायो र उपाधिका लागि स्पेन वा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ।
काठमाडौँ । इङ्गल्यान्डको महिला फुटबल टोली युरो २०२५ को फाइनलमा प्रवेश गर्न सफल भएको छ। नेपाल समयअनुसार बुधबार बिहान १२ः४५ बजे सुरु भएको सेमिफाइनल खेलमा इङ्गल्यान्डले इटलीलाई अतिरिक्त समयमा २–१ गोलले पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।
खेलको पहिलो हाफमा इटालीकी बारबरा बोनान्सियाले ३३औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन्। इङ्गल्यान्डले दोस्रो हाफको अन्त्यमा १९ वर्षीया मिचेल अगेमाङले इन्जुरी समयमा गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याइन्।
खेल अतिरिक्त समयमा धकेलिएको थियो, जहाँ इङ्गल्यान्डले पेनाल्टी प्राप्त गर्यो। क्लो केलीको पहिलो प्रहार रोकिए पनि उनले रिबाउन्डमा गोल गर्दै इङ्गल्यान्डलाई जित दिलाइन्।
अब इङ्गल्यान्डले उपाधिका लागि स्पेन र जर्मनीबिचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
-
ज्येष्ठ नागरिकको हेरचाह र अधिकारका लागि अलग्गै संरचना बनाउनुपर्छ : न्यायाधीश फुयाँल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण