छोरी भेट्न गएका प्रजा मृत भेटिए
बुधबार, ०७ साउन २०८२, ०७ : ४०
सारांश
- चितवनको जङ्गलमा एक पुरुष मृत फेला परेका छन्।
- मृत फेला परेका व्यक्ति राप्ती नगरपालिकाका हुन्, जो छोरीलाई भेट्न गएका थिए।
- प्रहरीका अनुसार, उनको शव सडेगलेको अवस्थामा फेला परेको हो।
चितवन । चितवनमा एक पुरुष मृत भेटिएका छन् । कालिका नगरपालिका–९ शक्तिखोर जङ्गलमा राप्ती नगरपालिका–११ का ५७ वर्षीय कृष्णबहादुर प्रजा मङ्गलबार साँझ मृत भेटिएका हुन् ।
गत असार २८ गते घरबाट कालिका निस्किएका प्रजा बेपत्ता भएका थिए । कालिका नगरपालिका–९ शक्तिखोर बस्ने छोरीलाई भेट्न गएका उनी सम्पर्कमा नआएपछि परिवार र आफन्तले खोजी गर्न थालेका थिए ।
प्रजाको शव सडेगलेको अवस्थामा फेलापरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी रवीन्द्र खनालले जानकारी दिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण