चन्द्रपुरमा पुरुषको शव फेला
बुधबार, ०७ साउन २०८२, १० : ४३
सारांश
- रौतहटको चन्द्रपुर नगरपालिका-४, टेकान टोलमा एक पुरुषको शव फेला परेको छ।
- मृतकको उमेर अन्दाजी ४० वर्ष रहेको र उनको पहिचान खुल्न सकेको छैन।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शव पोस्टमार्टमका लागि पठाएको छ।
रौतहट । रौतहटको चन्द्रपुर नगरपालिका–४, टेकान टोलमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको छ।
आज बिहान करिब ६:३० बजे उक्त टोलमा अन्दाजी ४० वर्ष उमेरको पुरुष मृत अवस्थामा रहेको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार मृतकको नाम, थर र वतन हालसम्म नखुलेको र उनको शरीरमा कुनै पनि परिचय खुल्ने कागजात फेला नपरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए।शवको प्रारम्भिक अवस्था हेर्दा मृतक केही दिनदेखि त्यहाँ रहेको अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा विश्वकप २०२६: नकआउटमा पुग्ने र बाहिरिने टोलीहरू को–को हुन्?
-
नेपालमा भू–राजनीतिक तानातानी बढ्यो : वर्षमान पुन
-
प्रधानमन्त्री बालेनलाई मेयर रिनाको आग्रह : मौलापुर नगरपालिकालाई काम गर्न दिनुस्
-
के हामी स्ट्याटसबाट शासित हुन अभिशप्त छौँ?
-
थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा
-
चुरे बस्तीमा बाघ आतङ्क
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण