भारतमा सञ्चालन भइरहेको थियो नक्कली दूतावास, कथित राजदूत पक्राउ
नयाँ दिल्ली । भारतमा वर्षौंदेखि खुलेको एउटा नक्कली दूतावासमा प्रहरीले छापा पारेको छ । कथित राजदूतका रूपमा रहँदै आएका एक व्यक्तिलाई प्रहरीले गिरफ्तार गरेको छ ।
‘स्पेशल टास्क फोर्स’ (एसटीएफ) को टिमले नोएडाको कविनगरमा सञ्चालित अवैध दूतावास पत्ता लगाएको हो । उक्त दूतावास सञ्चालन गरी आफूलाई राजदूतका रूपमा चिनाउँदै आएका हर्षवर्धन जैन नाम गरेका एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनी कविनगरकै निवासी रहेको बताइएको छ ।
हर्षवर्धनले आफूलाई वेस्ट आर्कटिका, साबोरगा, पाल्भिया र लोडोनिया लगायतका देशको काउन्सिल एम्बेसडरका रूपमा चिनाउने गरेका थिए । उनले कूटनीतिक नियोगका कर्मचारीले प्रयोग गर्ने सवारी साधनको नम्बरप्लेट समेत प्रयोग गर्दै आएको बताइएको छ । त्यस्ता कैयौँ नम्बर प्लेट बरामद भएको प्रहरीको भनाइ छ ।
उनको साथबाट माइक्रोनेशन देशका १२ डिप्लेमेटिक पासपोर्ट, विदेश मन्त्रालयको छाप लागेका दस्तावेज, दुई नक्कली प्यान कार्ड, ४७ लाख भारुभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ । उनले प्रधानमन्त्री तथा राष्ट्रपतिसँगको तस्बिर देखाएर विदेशमा रोजगारी दिलाइदिने भन्दै ठगी गर्दै आएको प्रहरीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण