वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा र सहअस्तित्वमा आधारित छ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको वर्तमान सरकार एकता–सहकार्य–प्रतिस्पर्धा– र, सहअस्तित्वमा आधारित रहेको बताएका छन् ।
बुधबार प्रतिनिधिसभामा ‘प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम’मा प्रधानमन्त्री ओलीले भने, ‘यो सरकार त्यही एकता–सहकार्य–प्रतिस्पर्धा– र, सहअस्तित्वमा आधारित छ ।’
प्रधानमन्त्री ओलीले नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल नेपाली कांग्रेसका संस्थापक नेता तथा पहिलो जन निर्वाचित प्रधानमन्त्री बीपी कोइरालाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आफूले एकता र मेलमिलापको कुरा गर्ने बताए ।
उनले भने, ‘बीपी र पुष्पलाललाई स्मरण गरिरहँदा आज म मतभेद र मतभेदको हैन, एकता र मेलमिलापको कुरा गर्ने अनुमति चाहन्छु ।’ ओलीले पुष्पलाललाई तत्कालीन तानाशाही सत्ताले आफ्नो प्रिय मुलुकमा प्राण त्याग्ने अवसर पनि नदिएको बताए ।
उनले पुष्पलाल र बीपीको देखेको तानशाही विरुद्धको संयुक्त जनआन्दोलनको व्यावहारिक प्रयोग नेपाली कांग्रेस र तत्कालीन संयुक्त वाममोर्चा मार्फत २०४६ सालमा गर्दा बहुदलीय व्यवस्थाको स्थापना भएको बताए ।
उनले भने,‘नेपाली कांग्रेसले नेतृत्व गरेको राजनीतिक धार र कम्युनिस्ट पार्टीले नेतृत्व गरेको राजनीतिक धारको एकताबाटै मुलुकमा परिवर्तन हुने र प्राप्त उपलब्धि संस्थागत हुने उहाँका सोच पटक पटक हाम्रो राजनीतिको प्रत्येक अप्ठ्यारो मोडमा प्रयोग भएको छ र सफलता समेत प्राप्त भएको छ ।’
उनले २०१७ सालको ‘कु’ पछि पुष्पलालले माग गरेझैँ संयुक्त आन्दोलनले विघटित संसद्को पुनः स्थापना ०६३ सालमा भएको र त्यसले राजनीतिक प्रणालीमा गुणात्मक परिवर्तन गरिदिएको बताए ।
त्यही परिवर्तनले अढाई शताब्दी लामो शाह वंशीय राजतन्त्रलाई निलम्बन गरी जन निर्वाचित प्रधानमन्त्रीलाई राष्ट्रप्रमुख र सरकार प्रमुखको अधिकार प्रयोग गर्ने परिस्थिति निर्माण गरेको पनि ओलीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिजिटल नेटवर्कमा जोडिँदै कांग्रेस, अब विवादरहित र प्रविधिमैत्री सदस्यता
-
१३४ देशसँग नेपालको व्यापार घाटा, २८ देशसँग मात्रै नाफामा
-
देशलाई फाँसीवाद र राष्ट्रघातको दिशामा लैजान खोजिँदै छ : नेता श्रेष्ठ
-
सिक्किम सुरुङ दुघर्टनामा मृत्यु हुनेको संख्या २२ पुग्यो
-
दमकमा तीन सवारीसाधन एकापसमा ठोक्किए, एकको मृत्यु
-
कोशीमा ७४ प्रतिशत धान रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण