बागमतीका मन्त्री काफ्ले एनआरएनएको कार्यक्रममा सहभागी हुन कोरिया जाने
हेटौँडा । बागमती प्रदेश सरकारले आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेको वैदेशिक भ्रमण स्वीकृत गरेको छ । बुधबार बिहान बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले मन्त्री काफ्लेको तीन दिनको भ्रमण स्वीकृत गरेको हो ।
मुख्यमन्त्री लामाले ललितपुरको भैसीपाटीस्थित निवासमा बिहान १० बजे मन्त्रिपरिषद् बैठक राखेका थिए । आर्थिक मामिला तथा योजना मन्त्रालयको तर्फबाट उपसचिव श्रीकृष्ण आचार्यले मन्त्री काफ्लेको भ्रमण सम्बन्धी प्रस्ताव पेस गरेका थिए ।
मन्त्रिपरिषद्को बैठक निमित्त प्रमुख सचिवको जिम्मेवारीमा रहेका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका शासकीय सुधार महाशाखाका सचिव रितेश शाक्यले मन्त्री काफ्लेको भ्रमण सम्बन्धी प्रस्ताव प्रस्तुत गरेका थिए । प्रमुख सचिव भूपाल बराल भने प्रदेश राजधानी हेटौँडा रहेका थिए । बैठकमा प्रदेशका १३ जना मन्त्री मध्ये एमाले र कांग्रेसका २/२ जना मन्त्री सहभागी रहेका थिए ।
बैठकमा मुख्यमन्त्री लामासहित आर्थिक मामिला तथा योजना मन्त्री काफ्ले, भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्के, वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवाल र सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ सहभागी रहेका थिए ।
सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा योजना मन्त्री सुरजचन्द्र लामिछाने कार्यक्रममा सहभागी हुन सिन्धुली पुगेका छन् भने उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री सुकमाया तामाङ सिन्धुलीबाट हेटौँडा आउने क्रममा रहेकी थिइन् ।
खानेपानी ऊर्जा तथा सिँचाइ मन्त्री श्याम खड्का, सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी, स्वास्थ्य मन्त्री किरण थापा, श्रम रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन हेटौँडा रहेका थिए । युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन भने गृह जिल्ला ललितपुर रहे पनि बैठकमा सहभागी भएका थिएनन् ।
मन्त्री काफले आगामी शुक्रबार भोलि साउन ८ गते बिहीबार गैरआवासीय नेपाली संघ (एनआरएनए) को आयोजनामा हुने कार्यक्रममा सहभागी हुन दक्षिण कोरिया जाने छन् । एनआरएनए दक्षिण कोरियाको निमन्त्रणामा मन्त्री काफ्ले कार्यक्रममा सहभागी हुनेछन् । उनको कोरिया भ्रमणको खर्च सरकारले नव्यहोर्ने गरी मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण