बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

राष्ट्रपति पौडेलसँग ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घका प्रतिनिधि मण्डलद्वारा भेट

बिहीबार, ०८ साउन २०८२, १३ : ४८
बिहीबार, ०८ साउन २०८२

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ नागरिक महासंघको प्रतिनिधि मण्डलले भेटेको छ।
  • प्रतिनिधि मण्डलले ज्येष्ठ नागरिकका समस्याबारे राष्ट्रपतिलाई जानकारी गराए।
  • राष्ट्रपतिले समस्या समाधानका लागि पहल गर्ने बताए।

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेललाई ज्येष्ठ राष्ट्रिय नागरिक महासङ्घको प्रतिनिधि मण्डलले भेट गरेको छ । महासङ्घका प्रतिनिधि मण्डलले राष्ट्रपति भवन शीतल निवासमा भेट गरी ज्येष्ठ नागरिकका विभिन्न समस्याहरूबारे जानकारी गराएको हो । 

उनीहरूले राष्ट्रियसभामा ज्येष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने, वृद्ध भत्ता वितरण प्रणालीमा सुधार गर्ने, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था गर्नुपर्ने, नागरिकताविहीन ज्येष्ठ नागरिकलाई नागरिकता दिलाउनुपर्ने, संयुक्त परिवारको अवधारणालाई अगाडि बढाउनुपर्ने लगायतका समस्या राष्ट्रपति पौडेलसमक्ष राखेका थिए ।

सो क्रममा राष्ट्रपति पौडेलले ज्येष्ठ नागरिकका समस्यालाई सम्बन्धित निकायको ध्यानाकर्षण गराउने र आफूले उक्त समस्या समाधानका लागि सकारात्मक पहल गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप