प्रदेश सिटीइभिटी बागमतीमा ६ सदस्य नियुक्त
काठमाडौँ । बागमती प्रदेश सरकारले प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिम परिषद् (प्रदेश सिटीइभिटी)मा सदस्य नियुक्त गरेको छ ।साउन ८ गतेको सामाजिक विकास मन्त्रीस्तरीय निर्णयअनुसार बिहीबार परिषदमा ६ जना सदस्य नियुक्त गरिएको हो ।
नियुक्त भएका ६ जना सदस्यहरूलाई बिहीबार सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीले शपथ ग्रहण गराएकी छिन् ।
‘प्रदेश प्राविधिक तथा व्यावसायिक शिक्षा तथा तालिम परिषद् ऐन, २०७४’ अनुसार गठित परिषदमा सामाजिक विकास मन्त्री अध्यक्ष रहने व्यवस्था छ भने एक कार्यकारी निर्देशक रहने व्यवस्था रहेको छ ।
सो बाहेक अन्य सदस्यहरूमा नीति तथा योजना आयोग, विभिन्न मन्त्रालयका सचिवहरू, प्राविधिक तालिमका विज्ञ, उद्योग क्षेत्रका प्रतिनिधि र ट्रेड युनियन समन्वय समितिका सदस्यहरू रहने व्यवस्था छ । नियुक्त गरिएको ६ जना सदस्यहरू विज्ञता र प्रतिनिधि तर्फबाट छनौट गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
प्रदेशमा योजनाबद्ध रूपमा प्राविधिक तथा व्यावसायिक शिक्षा एवम् तालिमको व्यवस्था गरी प्राविधिक जनशक्ति उत्पादन तथा प्राविधिक सिपको स्तर निर्धारण एवम् प्रमाणीकरणको क्षेत्रमा काम गर्दै आएको छ ।
परिषद्को सदस्यमा धादिङ धुनिबेशी नगरपालिका–५ का नवराज धिताल, खैरहनी नगरपालिका–१२, चितवनका नन्दकिशोर चौधरी, हेटौँडा–६ मकवानपुरका उज्ज्वल चौलागाई, घ्याङ्लेख गाउँपालिका–२ सिन्धुलीकी सीतामाया स्याङ्तान, काठमाडौँ–१६ की हसना महर्जन र काठमाडौँ–२८ का माधव देव पन्त मनोनीत भएका छन् ।
ऐनको दफा ३ को उपदफा (२) खण्ड (ठ) बमोजिम प्रदेश स्तरीय ट्रेड युनियन समन्वय समितिबाट एक जना सदस्य मनोनयन हुन बाँकी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हरित आयले बदलेको महिलाको दैनिकी
-
कर्णालीको बजेट ६१ प्रतिशत मात्र कार्यान्वयन
-
कतारका पूर्व अमिर शेख हमदको दोहामा अन्त्येष्टि बुधबारसम्म आधिकारिक शोक घोषणा
-
मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द
-
सुर्खेतका तीन किसानलाई ‘मुख्यमन्त्री उत्कृष्ट पुरस्कार’
-
श्रम तथ्याङ्क अद्यावधिक गर्न चौथो नेपाल श्रमशक्ति सर्वेक्षण सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण