जग्गा दर्ता माग गर्दै ९३ घरधुरीको राजपुर गाउँपालिकामा सामूहिक निवेदन
बुटवल । दाङको राजपुर गाउँपालिका–२ चफ्फा क्षेत्रका ९३ घरधुरीले विगत ५०/६० वर्षदेखि बसोबास गर्दै आएको जग्गा आफ्नो नाममा दर्ता गरी स्रेस्ता कायम गरिदिन माग गर्दै बिहीबार गाउँपालिकामा सामूहिक निवेदन दिएका छन् ।
निवेदकहरूका अनुसार दाङको साविक मटेरिया–५ घ कि.नं. १ को ६–४–९ क्षेत्रफलको ऐलानी जग्गामा २८ घरधुरी र सो जग्गाको उत्तरतर्फको खाली जग्गामा ६५ घरधुरी गरी ९३ घरधुरी लामो समयदेखि स्थायी रूपमा बसाेबास गर्दै आइरहेका छन् ।
उनीहरुले सो जग्गा २–३ पुस्तादेखि भोगचलन गर्दै आइरहेको उल्लेख गर्दै राष्ट्रिय भूमि आयोगको नाप नक्सा बमोजिम दर्ता स्रेस्ता गरिदिन माग गरेका हुन् ।
निवेदनमा भनिएको छ, ’नेपाल सरकारको नीति तथा कार्यक्रमअनुसार विगतमा विभिन्न समयमा अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गर्न आवेदन दिने क्रममा हामीले पनि राष्ट्रिय भूमि आयोगमा दरखास्त दिँदै आएका थियौँ ।
उनीहरूका अनुसार नापी कार्यालय लमही तथा मालपोत कार्यालय लमहीमा सम्पर्क गर्दा उनीहरुले भोगचलन गर्दै आएको जग्गा ‘बुट्यान’ र ‘झगडिया’ भनी अभिलेखमा उल्लेख भएको कारण दर्ता स्रेस्ता गर्न नसकिने जवाफ पाएका छन् ।’
वास्तवमा हामीले ५०–६० वर्षदेखि निरन्तर रूपमा खेतीपाती, घर निर्माण तथा अन्य सामाजिक क्रियाकलाप गर्दै आएको जग्गा अहिले के आधारमा बुट्यान वा झगडिया भयो भन्नेबारे छानबिन हुन जरुरी छ,निवेदनमा भनिएको छ ।
निवेदकहरूले राष्ट्रिय भूमि आयोगले विगतमा खटाइ गरिएको नाप जाँचको आधारमा आफूहरूको नाममा नाप नक्सा भइसकेको स्मरण गराउँदै सम्बन्धित निकायसँग समन्वय गरी जग्गा दर्ता स्रेस्ता गर्न माग गरेका छन् ।
उनीहरुले राजपुर गाउँपालिका, मालपोत कार्यालय लमही, नापी कार्यालय लमही तथा दाङ जिल्ला भूमि आयोगलाई पत्राचार गर्दै यस विषयमा गम्भीर ध्यानाकर्षण गराएका छन् ।
स्थानीय सरकारको सहजीकरणमा राष्ट्रिय भूमि आयोगले दिएको अभिलेख अनुसार नै काम अघि बढाउनुपर्ने माग गर्दै उनीहरुले आफ्नो जग्गा दर्ता स्रेस्ता प्रक्रिया तत्काल अगाडि बढाउन अनुरोध गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत रेमन्तबहादुर डाँगीलाई निवेदन बुझाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण