खडेरीको सामना गरिरहेका महोत्तरी र बाराका किसानसँग भलाकुसारी गर्दै प्रधानमन्त्री
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बाराका किसानहरूसँग भेटघाट गर्दै हुनुहुन्छ।
- तराई-मधेसमा खडेरीका कारण धान रोपाइँ हुन नसकेको अवस्थाबारे जानकारी लिने कार्यक्रम छ।
- प्रधानमन्त्री ओलीले महोत्तरीमा विग्ही नदीको पुल र प्रसूति गृहको उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली आज महोत्तरी र बारा जाने भएका छन् । खडेरीको सामना गरिरहेका महोत्तरी र बाराका किसानसँग भलाकुसारी गर्न प्रधानमन्त्री ओली त्यसतर्फ जान लागेका हुन् ।
ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन्– 'दिनरात नै लगातार कामको चापका कारण थकित थिएँ । हिजो बाहिरका कुनै कार्यक्रममा सहभागी भइनँ। आज महोत्तरी र बारा जाँदै छु । तराई मधेसमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाइँ हुन सकेको छैन। त्यहाँको वस्तुस्थिति हेरौँ र स्थानीय किसानहरूका कुरा पनि सुनौँ भन्ने लागेको छ। आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।'
प्रधानमन्त्री ओलीले सो क्रममा महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदीमा निर्मित पुलको उद्घाटन गर्ने कार्यक्रम छ।
त्यस्तै, मटिहानी वडा नं ६ मा निर्माण सम्पन्न भएको प्रसूति गृहको उद्घाटनपछि उनले त्यहाँ आयोजना गरिने सभालाई समेत सम्बोधन गर्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कुल आय ३० अर्ब ३८ करोड नाघ्यो, आन्तरिक राजस्वको योगदान ४ अर्ब ७० करोडभन्दा बढी
-
प्रहरीमा प्राविधिक तर्फका दामोदर कँडेल एसएसपीमा बढुवा सिफारिस
-
कांग्रेसलाई लोकतन्त्रका लागि लड्ने क्षमता मिलोस् : केपी ओली
-
अभियन्ता वेदिका केसी पक्राउ
-
विद्युत् नियमन आयोगको अध्यक्षमा पुनः डा.धिताल नियुक्त
-
कसैले आलोचना गर्दैमा ढुङ्गा हानेर गन्तव्यमा पुग्न सकिँदैन : विश्वप्रकाश शर्मा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण