धौलागिरि आधार शिविर जाने पदमार्ग निर्माण
सारांश
- धौलागिरि गाउँपालिकाले धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरेको छ।
- पदमार्ग निर्माणले पर्यटकलाई स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा यात्रा गर्न सहज बनाएको छ।
- पदमार्गमा सूचना बोर्ड, सङ्केत बोर्ड, काठे पुल र चौतारा निर्माण गरिएको छ।
म्याग्दी । यहाँको धौलागिरि गाउँपालिका–४ मुदीस्थित संसारको सातौँ (८,१६७ मिटर) अग्लो धौलागिरि हिमालको आधार शिविर जाने पदमार्ग निर्माण गरिएको छ ।
गत आर्थिक वर्ष २०८१–०८२ मा सङ्घीय सरकारबाट प्राप्त रु ५४ लाख बजेटबाट गाउँपालिकाले मुदीस्थित इटाली आधार शिविरदेखि स्वीस क्याम्प हुँदै जापनिज क्याम्प क्षेत्रमा पदमार्ग निर्माण गरेको हो ।
विनियोजित बजेट रु ४९ लाख तथा समुदायको रु पाँच लाख बराबरको श्रमदानबाट करिब साढे छ किलोमिटर पदमार्ग निर्माण गरिएको धौलागिरि हिमाल आरोहण पदमार्ग निर्माण उपभोक्ता समितिका सचिव कुलबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार, सबैभन्दा जोखिमपूर्ण क्षेत्रमा पदमार्ग निर्माण गरिएको हो । पदमार्गसँगै दुई वटा काठे पुल र दुई वटा चौतारा समेत निर्माण गरिएको छ ।
पदमार्गमा भ्रमणमा आउने पर्यटकको सहजताका लागि चार ठाउँमा सूचना बोर्ड र पाँच ठाउँमा सङ्केत बोर्ड राखिएको सचिव घर्तीले जानकारी दिए । आरोहण, धौलागिरिको फन्को मार्न र आधार शिविरसम्म पदयात्राका लागि आउने पर्यटकको सुविधाका लागि पदमार्ग, पुललगायतका पूर्वाधार निर्माण गरिएका हुन् । करिब एक किलोमिटर ढुङ्गाको सिँढी निर्माण गरिएको गाउँपालिकाका सवइञ्जिनियर जनक धानुकले जानकारी दिए।
“अप्ठेरो र साँघुरो घोरेटो बाटोलाई फराकिलो बनाइएको छ, स्वीसदेखि जापनिज क्याम्प क्षेत्रमा ग्लेसियरको कारण कठिन मानिएको ठाउँमा पदमार्ग बनाइएको छ, पुरानो जीर्ण पदमार्गलाई सुधार गरेपछि पर्यटक आवतजावत गर्न सजिलो भएको छ”, उनले भने । धौलागिरि पदमार्गअन्तर्गत दोभानमा बाढीले भत्किएको पदमार्ग समेत पुननिर्माण गरिएको छभने चौरवनको फेदीमा पदमार्ग निर्माण गरिएको छ ।
यस पदमार्गअन्तर्गत इटाली आधार शिविरदेखि छेउवन जोड्ने म्याग्दी खोला, तलेत्रेखोला, कैँचीभिरे खोला लगायत आधा दर्जन बढी स्थानमा झोलुङ्गे पुलको अभाव छ ।
यस पदमार्गअन्तर्गत भिर र जङ्गलको जोखिमपूर्ण बाटोलाई फराकिलो बनाएर सुरक्षित र स्तरीय बनाउने कामलाई प्राथमिकतामा राखिएको धौलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले बताए । उनले गउँपालिकाले पर्यटन पूर्वाधार निर्माण र प्रचारप्रसारलाई जोड दिएको बताउँदै यस वर्ष एक वडा एक पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिकाले अभियान सञ्चालन गर्ने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गगनजीसँग बस्ने एकथरी मान्छेहरू कांग्रेस फुट्नैपर्छ भन्नेमा छन्’
-
दुबईको अफर : आफन्तलाई घुमाउन बोलाए ३ हजार दिरामभन्दा बढीका सुविधा
-
‘रैथाने उत्पादन संरक्षण गर्न भौगोलिक सङ्केतसम्बन्धी कानुन तर्जुमा गरिने’
-
औषधिको मूल्य समायोजन प्रक्रिया अघि बढाउँदै सरकार
-
ठमेलमा पर्यटकलाई दुःख दिने र प्रहरीमाथि अभद्र व्यवहार गर्ने २३ जना पक्राउ
-
नेपाल–दक्षिण कोरिया शिक्षा सहकार्य विस्तारबारे शिक्षामन्त्री र राजदूतबिच छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण