प्रतिनिधिसभामा कांग्रेसका ४ सांसदको समिति फेरबदल
काठमाडौँ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका चार सांसदको विषयगत समिति हेरफेर भएको छ । शुक्रबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख देवराज घिमिरेले कांग्रेसबाट प्रतिनिधित्व गर्ने दिक्पालकुमार शाही, विष्णुकमार कार्की, प्रतिमा गौतम र आशा विकको विषयगत समिति हेरफेर गर्ने प्रस्ताव गरेका थिए ।
सभामुख घिमिरेको त्यो प्रस्ताव सभाले सर्वसम्मतिले पारित गरेको हो । पारित भएको प्रस्तावअनुसार दिक्पाल कुमार शाही कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट महिला तथा सामाजिक मामिला समितिमा गएका छन् ।
विष्णुकुमार कार्की कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिबाट पूर्वाधार विकास समितिमा सरुवा भएका छन् । प्रतिमा गौतम पूर्वाधार विकास समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पुगेकी छन् । आशा बिक महिला तथा सामाजिक मामिला समितिबाट कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा पुगेकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सूर्यवंशीको कीर्तिमानी अर्धशतक, टी-२० मा भारतको हारको शृङ्खला अन्त्य
-
निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्छाैँ : शिक्षामन्त्री
-
बीमा सम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ
-
पश्चिम एसियाको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस
-
गर्मी बढ्दै जाँदा युरोपमा खडेरी गम्भीर
-
पोखरा र भैरहवा विमानस्थलः छुट छ, जहाज छैनन्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण