राजनीति
नाउपाको केन्द्रीय समिति बोलाउन रञ्जितालाई २४ घण्टे अल्टिमेटम
शुक्रबार, ०९ साउन २०८२, २० : ०७
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा)को केन्द्रीय समिति बैठक बोलाउन २० नेताले अध्यक्ष रञ्जिता श्रेष्ठलाई २४ घण्टे अल्टिमेटम दिएका छन् ।
शुक्रबार नाउपाका पदाधिकारी तथा केन्द्रीय कमिटीका २० सदस्यको उपस्थितमा बसेको बैठकले पार्टी विधानको दफा ४१ को उपदफा ६ अनुसार बैठक बोलाउन अल्टिमेटम दिएको हो ।
यसरी अल्टिमेटम दिने नेताहरूमा पुन्न बहादुर बुढा, विपद राम डगौरा, आलोक चौधरी, गंगाराम चौधरीलगायत छन् । पार्टीलाई गतिशील बनाउनका लागि केन्द्रीय समिति बैठक आवश्यक भएपनि रञ्जिताले बोलाउन आनाकानी गरेको उनीहरूको भनाइ छ ।
आजको मितिले २४ घण्टाभित्र उनले बैठक नबोलाए ११ गतेका लागि काठमाडौँमा बैठक बस्ने समेत रञ्जितालाई जानकारी गराइएको पत्रमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बंगलादेशका राष्ट्रपति शाहाबुद्दिनले दिए राजीनामा
-
पाल्पामा खोलामा हाम फाले पुरुष, सकुशल उद्धार
-
आकासमा काँलो बादल मडारिना साथ त्रसित हुन्छन् ‘ब्रह्मपुरी’का बासिन्दा
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण