मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिन्छ : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा डिप बोरिङ जडान गर्ने बताए।
- मधेस प्रदेशमा खानेपानी र सिँचाइको समस्या समाधान गर्न सरकारले तत्काल ५०० डिप बोरिङ जडान गर्नेछ।
- मन्त्रीपरिषद्ले मधेस प्रदेशलाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको छ।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेस प्रदेशमा पानीको आवश्यकता पूरा गर्न तत्काल डिप बोरिङ जडान गरिने बताएका छन् । शुक्रबार महोत्तरी जिल्लाको मटिहानी नगरपालिका–६ मा निर्मित प्रसूति गृहको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले खानेपानी र सिँचाइको समस्या कम गर्न पहिलो चरणमा तत्कालै ५०० वटा डिप बोरिङ जडान गरिने बताएका हुन् ।
प्रधानमन्त्री ओलीले पानी नपरेर सिँचाइ र खानेपानीको सङ्कट झेलिरहेको मधेस प्रदेशलाई सरकारले सङ्कटग्रस्त क्षेत्र घोषणा गरेको भन्दै अव दीर्घकालीन र तत्कालीन उपाय अवलम्बन गरेर पानीको आवश्यकता पूरा गरिने जानकारी दिए ।
उनले हवाई उडानमार्फत महोत्तरी आउँदा अधिकांश जमिन सुक्खा देखिएको उल्लेख गर्दै मधेस प्रदेशका आठवटै जिल्लामा सिँचाइको व्यवस्थासहित खानेपानीको समस्या छिटो समाधान गर्ने जिकिर गरे ।
प्रधानमन्त्री ओलीले पानीको अभावका कारण प्रत्यक्ष रुपमा प्रभावित मधेसका जनताका पक्षमा विशेष कार्यक्रम ल्याइने धारणा राखे । त्यसअघि प्रधानमन्त्री ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको अवलोकन गरेका थिए । मन्त्रिपरिषद्को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेस प्रदेशभर विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण