बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

विद्यालयको छत भत्किँदा बालबालिकाको मृत्यु : पाँच शिक्षक निलम्बित

शुक्रबार, ०९ साउन २०८२, १७ : ३५
शुक्रबार, ०९ साउन २०८२

काठमाडौँ । राजस्थानको झालावाड जिल्लाको मनोहर प्रहरी चौकी क्षेत्रमा शुक्रबार बिहान सरकारी विद्यालयको छत भत्किँदा बालबालिकाको मृत्यु भएको घटनामा शिक्षा विभागले पाँच जना शिक्षकलाई निलम्बन गरेको छ । 

यस घटनामा अरू ३० जना विद्यार्थी घाइते भएका थिए । जिल्ला शिक्षा अधिकारी नरसी मीनाले आदेश जारी गर्दै यी शिक्षकहरूमाथि कारबाही गरेका हुन् । 

यस घटनामा तीन बालबालिकाको मृत्यु भएको पुष्टि राजस्थानका शिक्षामन्त्री मदन दिलावरले गरेका थिए । बीबीसी हिन्दीले यस घटनामा तीन जनाको मृत्यु भएको बताएपछि अमर उजाला लगायत केही सञ्चार माध्यमले यस घटनामा सात विद्यार्थीको मृत्यु भएको खबर छापेका थिए । 

दुर्घटना लगत्तै स्थानीयहरूले घाइते र मृत बालबालिकालाई भग्नावशेषबाट बाहिर निकालेका थिए । घाइते हुनेमा विद्यालयका शिक्षकहरू पनि थिए । अहिले घाइते सबैको अस्पतालमा उपचार भइरहेको छ । 

‘विद्यालयको छत भत्किँदा दुखद घटना भएको छ । तीन बालबालिकाको घटनास्थलमै मृत्यु भएको छ । कलेक्टर सहित शिक्षा विभागका अधिकारीहरूलाई पठाइएको छ ।’ 

शिक्षामन्त्री मदन दिलावरद्वारा जारी विज्ञप्तिमा भनिएको थियो । घाइतेहरूको अस्पतालमा उपचार भइरहेका र यो दुर्घटना कसरी भयो भनेर पत्ता लगाउन उच्चस्तरीय अनुसन्धान गरिने पनि उनले विज्ञप्तिमा भनेका थिए । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप