राजस्व अनुसन्धानद्वारा अवैध कारोबारीविरूद्ध मुद्दा दायर
बुटवल । राजस्व अनुसन्धान विभागअन्तर्गतको राजस्व अनुसन्धान कार्यालय बुटवलले अवैध तस्करी तथा कर छलीका विरुद्धमा अर्को ठुलो कारबाही गरेको छ ।
राजस्व कार्यालयले गरेको अनुसन्धानका आधारमा स्थानीय व्यवसायी अजय बैङ्गल स्टोरले पशुपन्छी आहाराका नाममा गलत विवरण पेस गरी करोडौँ रुपैयाँ बराबरको कर छली गरेको भन्दै अनुसन्धान कार्यालय बुटवलले कारबाही अगाडि बढाएको छ ।
राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम जारी गरिएको कर छलीसम्बन्धी अभियोेगपत्रअनुसार अजय बैल्बस स्टोरले भारतबाट पशुपन्छी आहाराका नाममा गलत विवरणमा सामान आयात गरी आन्तरिक बजारमा बिक्री वितरण गरेको थियो ।
अनुसन्धानका क्रममा कुल रु नौ करोड ९९ लाख ८९ हजार ८४१ बराबरको कारोबारमा कर छल्न खोजिएको देखिएको अनुसन्धान कार्यालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वास्तविक मूल्याङ्कनका आधारमा उक्त कारोबारमाथि लाग्ने कर रु चार करोड ८३ लाख २५ हजार ८८६ बराबरको रहेको पाइएको छ । राजस्व विभागले बिगो र जरिवाना गरी उक्त रकम असुल गर्न र कैद सजायको माग गर्दै अदालतमा मुद्दा दायर गरेको विज्ञप्तिमा उल्लेख छ ।
यसमा भन्सार महसुल, मूल्य अभिवृद्धि कर, अन्तःशुल्कलगायत सबै प्रकारका करहरू पनि समावेश गरिएको उल्लेख छ ।राजस्व अनुसन्धान कार्यालय बुटवलले सम्बन्धित व्यवसायी अजय बैङ्गल स्टोरविरुद्ध राजस्व अनुसन्धान ऐन, २०५२ को दफा २० (६) बमोजिम सरकारी कर छलीसम्बन्धी अभियोग पत्र आज उच्च अदालत तुलसीपुर बुटवल इजलासमा दर्ता गराएको विज्ञप्तिमार्फत जानकारी गराएको छ ।
गैरकानुनी रूपमा व्यापार गर्दै आएका समूहहरूको खोजी, निगरानी र कानुनी कारबाहीका लागि कार्यालयले विशेष अभियान नै चलाउँदै आएको छ । तस्करी र कर छली गर्नेहरू कानुनी दायरामा ल्याउने गरी अनुसन्धान भइरहेको प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेको भनाइ छ ।
राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत घिमिरेका अनुसार राजस्व सुरक्षाका निम्ति राजस्वको टोली निरन्तर सक्रिय रहेको र यस्ता कारबाही अझ तीव्र बनाइने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण