प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छ : मुख्यमन्त्री आचार्य
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न तयार रहेको बताएका छन् ।
नेपाल इन्जिनियर्स एसोसिएसन लुम्बिनी प्रदेशले ६३ औँ इन्जिनियर्स दिवसको अवसरमा शुक्रबार बुटवलमा आयोजना गरेको ‘लुम्बिनी प्रदेशको आत्मनिर्भर पूर्वाधार विकास ः अवसर र चुनौती’ विषयक कार्यक्रम उद्घाटन गर्दै उनले पूर्वाधार विकासमा पब्लिक–प्राइभेट पार्टनरसिप मोडलमा जान सकिने कानुनी आधारहरू तय भइसकेको बताए ।
प्रदेश सरकार निजी क्षेत्रको प्रचुर विकासमा सहजीकरणको वातावरण निर्माण गर्न प्रतिबद्ध रहेको मुख्यमन्त्री आचार्यले बताए । दोस्रो आवधिक योजनाका लक्ष्यहरू हासिल गर्न निजी क्षेत्रसँग अनिवार्य रूपमा सहकार्य गरेर जाने बताए ।
स्थायी इन्जिनयर जनशक्ति तयार पार्ने योजनाका साथ प्रदेश सरकार अघि बढिरहेको दाबी गर्दै मुख्यमन्त्री आचार्यले सडक, पुल, भवन, जलविद्युत, सिँचाई, सूचना प्रविधि, वातावरणलगायत क्षेत्रको विकासमा उनीहरूको भूमिका उल्लेखनीय रहेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण