युवा सङ्घ लुम्बिनीका अध्यक्ष खरेल निलम्बनमा
शनिबार, १० साउन २०८२, १० : ४१
सारांश
- नेपाल युवा संघले लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ।
- संगठनको गरिमा र अनुशासनमा आँच पुर्याएको आरोपमा उनलाई निलम्बन गरिएको हो।
- स्पष्टीकरण पेश नगरेको र गैरजिम्मेवार व्यवहार देखाएको कारण निलम्बन गरिएको जनाइएको छ।
काठमाडौँ । नेपाल युवा सङ्घले लुम्बिनी प्रदेशका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको छ । सङ्गठनको गरिमा र अनुशासनमा आँच पुर्याउने काम गरेको भन्दै उनलाई निलम्बन गरिएको हो ।
पछिल्लो समय सङ्गठनमा प्राप्त जानकारी, उजुरी तथा प्रमाणका आधारमा तपाईंको गतिविधिबाट सङ्गठनको गरिमा र अनुशासनमा आँच पुगेको देखिएको छ। यस सम्बन्धमा सङ्घको केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णयअनुसार तपाईँलाई मिति २०८२ असार २५ गते स्पष्टीकरण सोधिएको थियो , महासचिव महेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
सङ्गठनको सकारात्मक प्रयत्नका विपरीत नेतृत्वलाई अवमूल्यन गरेको, स्पष्टीकरण पत्रमा निर्देश भएअनुसार भौतिक रूपमा उपस्थित भएर जवाफ नदिएको, पत्रमार्फत दिएको स्पष्टीकरणमा समेत गैरजिम्मेवार र अराजक भएकोले निलम्बनको निर्णय गरिएको पत्रमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुकुम पश्चिमबाट जुम्ल्याहा शिशुसहित सुत्केरीको उद्धार
-
‘महिला अधिकार, समानता र सामाजिक न्यायका पक्षमा सशक्त आवाज उठाउने साझा संसदीय मञ्च विकास गराैँ’
-
भारत भ्रमणपछि रवि लामिछाने थप शक्तिशाली बन्दैछन् ?
-
एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय
-
बागमतीमा कार्यालयहरूको सङ्ख्या २०१ बाट १९१ मा झारियो
-
अन्तर–कलेज बास्केटबल प्रतियोगिताको उपाधि गोल्डेन गेट कलेजलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण