न्यूजिल्यान्ड टूर गर्दै मंगोलियन हार्ट, तीन सहरमा सांगीतिक धमाका
काठमाडौँ । लोकप्रिय ब्याण्ड मंगोलियन हार्ट न्यूजिल्याण्ड टूरमा निस्कने भएको छ। सन् १९९२ मा स्थापना भएको यस ब्याण्डले सन् २०२५ को विशेष टूर अन्तर्गत न्यूजिल्याण्डका तीन प्रमुख सहरहरू– क्राइस्टचर्च, अकल्यान्ड र टाउरङ्गामा आफ्ना दर्शक–श्रोतामाझ प्रत्यक्ष सांगीतिक प्रस्तुति दिन लागेको हो । ब्याण्डको न्यूजिल्यान्ड टूर पहिलोपटक भएको बताइएको छ ।
टुरलाई भव्य बनाउन गज्जब तयारी गरिरहेको ब्यान्डका म्यानेजर तथा गितारिस्ट बोबी लामाले बताए । ‘हामी नयाँ र पुराना दुवै गीतहरू प्रस्तुत गरेर दर्शकलाई पूर्ण मनोरञ्जन दिने तयारीमा छौं। दर्शकको मायाले नै आज हामीलाई अन्तर्राष्ट्रिय मञ्चसम्म ल्याएको हो,’ लामाले भने ।
मंगोलियन हार्टको आठ सदस्यीय टोली यही जुलाई २९ मा काठमाडौंबाट न्यूजिल्याण्डका लागि प्रस्थान गर्नेछ। सांगीतिक यात्राका क्रममा ब्याण्डले आफ्ना सुपरहिट गीतहरूको प्रस्तुति दिनेछ भने नेपाली समुदायलाई एकै ठाउँमा ल्याई सांस्कृतिक उत्सवको रूप दिने लक्ष्य लिइएको छ।
ब्याण्डको टोली आगामी अगस्ट १५ मा नेपाल फर्किनेछ र त्यसपछि अगस्ट २० मा मिजोरम, उत्तर–पूर्व भारतमा आफ्नो प्रस्तुति दिन जाँदैछ। गायक राजु लामा लिड भोकलिस्ट रहेको यो ब्यान्डमा बोबी लामा रिदम गिटार, भूपेन्द्र बज्राचार्य लिड गिटार, सन्तोष थापा ड्रम, विनय महर्जन बाँसुरी, बाबुराजा महर्जन परकसन (मादल), पवन कपाली बास गिटार र निरेन्द्र रञ्जित साउन्ड इन्जिनियर रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च र विशेष अदालतको आदेश बदर गर्न माग गर्दै व्यवसायी दीपक भट्ट सर्वोच्च पुगे
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गुनासो सुन्न सुरु
-
बालेन सरकारविरुद्ध चार वाम एक ठाउँमा, प्रचण्डले सुनाए घेराबन्दीको सूत्र !
-
१ दशमलव ५ गुणाले बढ्यो इरानको तेल आम्दानी
-
प्रधानमन्त्री समक्ष व्यवसायीको गुनासो : ‘कच्चा पदार्थ बाहिरिँदा स्वदेशी प्लाइउड उद्योग संकटमा’
-
प्रहरीले तयार पार्यो अपराध गर्न सक्ने १८ सय ७१ जनाको क्रिमिनल प्रोफाइल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण