आगलागीमा परी घाइते भएका पुण्यप्रसादको उपचारका क्रममा मृत्यु
सारांश
- झापाको हल्दिबारीमा आगलागीमा घाइते भएका ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारका क्रममा मृत्यु भयो।
- आगलागीमा ओली सहित परिवारका ५ जना घाइते भएका थिए, जुन ग्यास सिलिन्डरबाट सुरु भएको थियो।
- घाइते मध्ये, पुण्यप्रसाद र बुहारी अनितालाई थप उपचारका लागि काठमाडौं लगिएको थियो।
झापा । यही साउन ६ गते आगलागीमा परी घाइते भएका हल्दिबारी गाउँपालिका–४ का ६० वर्षीय पुण्यप्रसाद ओलीको उपचारका क्रममा आज मृत्यु भएको छ ।
उनको काठमाडौँको कीर्तिपुरस्थित बर्न अस्पतालमा आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले बताए । साउन ६ गते बिहान आफ्नै घरको भान्साकोठामा रोटी पकाउने ग्यास सिलिन्डरबाट सल्किएको आगो निभाउने क्रममा ओलीसहित एकै परिवारका पाँच जना घाइते भएका थिए ।
सो घटनामा ओलीसहित उनकी ५९ वर्षीया पत्नी गोमादेवी ओली, जेठो छोरा ३३ वर्षीय सन्तोष ओली, जेठी बुहारी ३२ वर्षीया अनिता ओली र कान्छो छोरा २० वर्षीय आर्यन ओली घाइते भएका सूचना अधिकारी खड्काले जानकारी दिए ।
भद्रपुरको ओमसाई पाथीभरा हस्पिटलमा प्रारम्भिक उपचारपछि चिकित्सकको सल्लाहअनुसार पुण्यप्रसाद र बुहारी अनितालाई थप उपचारका लागि हेलिकप्टरमार्फत कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो । बर्न अस्पतालमा अनिताको उपचार भइरहेको छ । घाइतेहरू गोमादेवी र सन्तोष उपचारपछि घर फर्किएका प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण