एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिमको बलियो उपस्थिति
सारांश
- एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिमका १३ खेलाडी सहभागी हुने भएका छन्।
- मधेश युनाइटेडबाट निरुता ठगुन्नाको नेतृत्वमा ५ जना खेलाडी खेल्नेछन्।
- प्रशिक्षक जगदिश भट्टले सुदूरपश्चिमका खेलाडीको सहभागितालाई सकारात्मक मानेका छन्।
धनगढी । नेपालको प्रतिष्ठित एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिम क्षेत्रका खेलाडीहरूको उत्साहजनक सहभागिता देखिएको छ।
लिगमा सहभागी विभिन्न टिमहरूमा सुदूरपश्चिम घर भएका १३ जना खेलाडीले आफ्नो खेल कौशल प्रदर्शन गर्ने भएका छन्।
यस पटकको लिगमा मधेश युनाइटेडको टिममा सुदूरपश्चिमका सबैभन्दा धेरै खेलाडी रहेका छन्। मधेश युनाइटेडबाट मार्की खेलाडीका रूपमा निरुता ठगुन्नाले टिमको नेतृत्व गर्नेछिन्। उनीसँगै सरस्वती कट्टेल, उषा विष्ट, बबिता बोहरा र स्नेहा ठगुन्नाले पनि यही टिमबाट खेल्नेछन्।
त्यसैगरी, अन्य टिममा पनि सुदूरपश्चिमका खेलाडीहरूको उपस्थिति रहेको छ। लक्ष्मी चन्द ललितपुर क्विन्सबाट, नेबिका चौधरी कर्णाली यशविसबाट र अनुशा चौधरी लुम्बिनी लाभाजबाट मैदानमा उत्रनेछन्।
पोखरा निन्जाजको टिममा पनि सुदूरपश्चिमका तीन खेलाडी पुनम चन्द, गरिमा बोहरा र निशा महरले आफ्नो चुनौती प्रस्तुत गर्नेछन्। यस्तै, काठमाडौं स्पाइकर्सबाट कविता भट्ट र मनिषा चौधरीले खेल्नेछन्।
राष्ट्रिय भलिबल टोलीका प्रशिक्षक जगदिश भट्टले एभरेस्ट महिला भलिबल लिगमा सुदूरपश्चिमका खेलाडीहरूको यो संख्यालाई सकारात्मक रूपमा लिएका छन्। उनले यो संख्याले सुदूरपश्चिममा भलिबल खेलको विकास र खेलाडी उत्पादनमा भइरहेको प्रगतितर्फ संकेत गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मर्यादित महिनावारीसम्बन्धी लुम्बिनी प्रदेशसभा संसदहरुसँग छलफल
-
मेचीनगरको दिसाजन्य लेदो प्रशोधन केन्द्र पूर्ण क्षमतामा चल्न सकेन
-
भारतीय चर्चित गायक सानले नेपालमा साङ्गीतिक प्रस्तुति दिने
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण