बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय
पक्राउ

नक्कली सुन देखाएर करिब २२ लाख ठगी आरोपमा दुई जना पक्राउ

आइतबार, ११ साउन २०८२, १७ : ५६
आइतबार, ११ साउन २०८२

काठमाडौँ । नक्कली सुन देखाएर ठगेको आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ घर भएका २८ वर्षीय बुद्धि बहादुर तामाङ र नुवाकोटको मेगङ गाउँपालिका–८ घर भएका २२ वर्षीय सुमन तामाङ छन् । 

सुनको नक्कली बिस्कुट देखाएर आरोपीहरूले दुई जनाबाट २१ लाख ५० हजार ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले रातोपाटीलाई बताए । २०८१ फागुन २५ मा उनीहरूले एक जना पीडितलाई प्रतितोला १ लाख १० हजारमा सुन दिन्छौँ भनेर १२ लाख रुपैयाँ ठगेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । 

२०८२ जेठ २७ मा अर्का पीडितलाई भक्तपुरको पाण्डु बजारमा बोलाएर ९ लाख ५० हजार ठगी गरेको एसपी आचार्यले जानकारी दिए ।अपराध अनुसन्धान कार्यालयले उनीहरूलाई साउन ९ मा पक्राउ गरेर जिल्ला प्रहरी परिसर भक्तपुरमा बुझाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप