प्रहरीकाे राजीनामा
एक वर्षमा २३ सय ६९ प्रहरीले दिए राजीनामा
आइतबार, ११ साउन २०८२, १८ : ००
काठमाडौँ । एक वर्षमा २ हजार ३६९ जना प्रहरी कर्मचारीले राजीनामा दिएका छन् । २०८१ साउनदेखि २०८२ असार मसान्त सम्ममा २३ सय ६९ जना प्रहरीले राजीनामा दिएर सेवा छाडेको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले बताए ।
आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजीनामा दिनेमा १९ जना सिनियर अधिकृत छन् ।’
एक वर्षको अवधिमा ४०१ जना जुनियर अधिकृतले राजीनामा दिएका छन् । प्रहरी सहायक निरीक्षक (असई) देखी वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सई) सम्मको दर्जालाई जुनियर अधिकृत भनिन्छ ।
जुनियर अधिकृत भन्दा तल्लो दर्जामा कार्यरत १ हजार ९४९ जनाले एक वर्षमा जागिर छाडेका छन् । गत आर्थिक वर्षमा ५२३ जना प्रहरी कर्मचारी अनिवार्य अवकाशमा गएका छन् ।
३० वर्षे सेवा अवधि र उमेर हद पुरा गरेर प्रहरी कर्मचारीहरू अनिवार्य अवकाशमा जान्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा तनहुँको सभापतिमा विश्व बास्तोला विजयी
-
दुई दिनको बिदाले जावलाखेल चिडियाखानामा आगन्तुक बढे
-
पालिकाले गर्याे १० शिक्षकलाई सम्मान र दुई विद्यार्थीलाई पुरस्कृत
-
पाँचथरमा गुरुङकाे सभापतित्वमा रास्वपाकाे नयाँ कार्यसमिति
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण