बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

एक वर्षमा ७ हजार ८९० लागुऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ

आइतबार, ११ साउन २०८२, १९ : ०७
आइतबार, ११ साउन २०८२

काठमाडौँ । पछिल्लो एक वर्षमा ७ हजार ८९० जना लागुऔषध कारोबारी र प्रयोगकर्ता पक्राउ परेका छन् । 

आर्थिक वर्ष २०८१–०८२ मा ७ हजार ८९० जना लागुऔषध मुद्दामा संलग्नहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी) विनोद घिमिरेले जानकारी दिए ।

प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डीआईजी घिमिरेले भने, ‘लागुऔषधको मुद्दामा संलग्नहरू सबैभन्दा धेरै कोशी प्रदेशमा पक्राउ परेका छन् ।’

पछिल्लो आर्थिक वर्षमा कोशीमा २ हजार २०३ जना लागुऔषध मुद्दामा संलग्नहरू पक्राउ परेका हुन् । सो अवधिमा प्रहरीले देशभरबाट ४७ केजी हेरोइन बरामद गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप