शैक्षिक गुणस्तर सुधार गर्नको व्यापक रूपमा काम गरिरहेका छाैँ : मन्त्री तिमिल्सिना
बुटवल । लुम्बिनी प्रदेशको सामाजिक विकास जन्मजय तिमिल्सिनाले लुम्बिनी प्रदेशको शैक्षिक गुणस्तर सुधार गर्नको लागि व्यापक रूपमा काम भइरहेको बताएका छन् ।
उनले मन्त्रालयका काम कारबाहीलाई कामलाई चुस्त, दिगो, पारदर्शी र परिणाममुखी बनाउँदै लगेको आर्थिक वर्ष २०८१।०८२ मा केही परिमाण राम्रो आएको दाबी गर्दे अगाडि दिन थप काम परिमाण दिने गरी मन्त्रालयले योजना बनाएको बताए ।
आव २०८१–०८२ मा सम्पादित कार्यक्रमको समीक्षासहितको आइतबार पत्रकार भेटघाट कार्यक्रममा सार्वजनिक गर्दे मन्त्री तिमिल्सिनाले मन्त्रालयले कार्यसम्पादनलाई अब्बल उद्देश्य रहित परीक्षा सुधार, विद्यालय कक्षा कोठा थप, शिक्षकहरू प्रविधि मैत्री बनाउने काम भइरहेको बताए ।
उनले अघिल्लो आवको तुलनामा गत वर्ष एसइई परीक्षाको नतिजामा उपलब्धि भएको बताएका छन् ।
उनले सामुदायिक विद्यालयका शिक्षकलाई अझ जिम्मेवार र विद्यार्थीलाई थप मेहनती बनाउने उद्देश्य अनुरूप शैक्षिक कार्यक्रम र योजना ल्याइएको छ’, मन्त्री तिमिल्सिनाले भने, ‘विगतको अनुभवले भविष्यको परिपक्व योजना बनाउने र बजेटको दुरुपयोग नियन्त्रण गरी योजनालाई चालु वर्षमा मितव्ययी र पारदर्शी बनाइने छ ।'
मन्त्रालयले आर्थिक वर्ष २०८०–०८१ को तुलनामा आव २०८१–०८२ मा ८ प्रतिशतले खर्चमा सुधार गरेको छ ।मन्त्रालयका अनुसार अघिल्लो वर्ष चालु र पुँजीगत गरी ६१ दशमलव ५ प्रतिशत खर्च गरेको थियो भने आव २०८१–०८२ मा ६९ दशमलव १ प्रतिशत खर्च गरेको छ ।
मन्त्रालयका महाशाखा प्रमुख रामहरि रिजालले आव २०८०–०८१ मा चालुतर्फ ६४ दशमलव ३ प्रतिशत खर्च गरिएकोमा आव २०८१–०८२ मा ७१ दशमलव ७ प्रतिशत र पुँजीगततर्फ अघिल्लो वर्ष ४९ दशमलव ५ प्रतिशत र गत वर्ष ६५ दशमलव २ प्रतिशत खर्च भएको बताए ।
मन्त्रालयका अनुसार आव २०८०–०८१ मा चालुतर्फ २ अर्ब ६ करोड ४९ लाख रुपैयाँ बजेटमध्ये १ अर्ब ३२ करोड ७४ लाख रुपैयाँ खर्च भएको थियो । आव २०८१–०८२ मा १ अर्ब ७६ करोड ४९ लाख रुपैयाँ बजेटमध्ये १ अर्ब २६ करोड ४९ लाख रुपैयाँ खर्च भएको छ । यसै गरी पुँजीगत खर्चतर्फ अघिल्लो वर्ष ४७ करोड ६९ लाख रुपैयाँमध्ये २३ करोड ६२ लाख र गत वर्ष १ अर्ब १५ करोड ५२ लाख बजेटमध्ये ७५ करोड २८ लाख रुपैयाँ खर्च भएको छ ।
यसै गरी, अघिल्लो वर्ष कुल ४ सय १९ वटा सञ्चालित आयोजनामध्ये २ सय ८३ वटा सम्पन्न भएका थिए । जसमध्ये १ सय १४ वटा चालु छन् भने २२ वटा आयोजनाको काम नै भएनन् । आव २०८१–०८२ मा ९ सय ५७ वटा आयोजनामध्ये ५ सय २६ वटा सम्पन्न भई ३ सय ४८ वटा चालु अवस्थामा छन् । ८३ वटा आयोजनाको काम नै हुन सकेको छैन ।
आव २०८१–०८२ मा लुम्बिनी प्रदेशका विद्यालयहरूको संरचनातर्फ नयाँ कक्षा कोठा (भवन) निर्माण ३९०, शौचालय ५०, विद्यालय भवन मर्मत ८२, सूचना प्रविधि ल्याब स्थापना १२, विज्ञान प्रयोगशाला निर्माण ११, पुस्तकालय निर्माण ४, विद्यालय स्वास्थ्य सेवा २०, व्यावसायिक तथा सीपमूलक तालिम ५७ वटा, शिक्षक तालिम ४२ वटा समूह, प्रदेशबाट प्राप्त क्षमता विकास तालिम ४ वटा समूहमा भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण