बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

एक वर्षमा ४० हजारभन्दा बढी आरोपीहरू पक्राउ

आइतबार, ११ साउन २०८२, १९ : २५
आइतबार, ११ साउन २०८२

काठमाडौँ । प्रहरीले एक वर्षमा ४० हजार भन्दा धेरै आरोपीहरूलाई पक्राउ गरेको छ । आर्थिक वर्ष २०८१–०८२ मा ४० हजार ३९४ जना आरोपीहरूलाई पक्राउ गरिएको नेपाल प्रहरीका सह प्रवक्ता (एसएसपी) रमेश थापाले जानकारी दिए । चालु मुद्दामा ती आरोपीहरू पक्राउ परेका हुन् ।

अदालतबाट मुद्दाको टुङ्गो लागेपछि फरार भएकाहरू पछिल्लो आर्थिक वर्षमा २४ हजार ३८२ जना पक्राउ परेका छन् । आइतबार प्रहरी प्रधान कार्यालयले पत्रकार सम्मेलन गरेर त्यसबारे जानकारी गराएको हो । एक वर्षमा काठमाडौँ उपत्यकाबाट मात्रै ६ हजार ५०७ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता (डीआईजी विनोद घिमिरेले बताए ।

अदालतले २४ हजार प्रतिवादीहरूबाट १ अर्ब ५२ करोड ८० लाख रुपैयाँ जरिवाना असुल गर्नुपर्ने फैसला गरेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप