बिहीबार, २५ असार २०८३
ताजा लोकप्रिय

सवारी ज्यान मुद्दाका प्रतिवादी २० वर्षपछि समातिए

आइतबार, ११ साउन २०८२, २० : ०४
आइतबार, ११ साउन २०८२

काठमाडौँ । सवारी ज्यान मुद्दामा फरार प्रतिवादीलाई प्रहरीले २० वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–२ घर भएका ५० वर्षीय नानिराम खरेल छन् । 

उनलाई गौशालाबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए । २०६२ भदौ २५ मा प्रतिवादीले चलाएको बा.१ ख ७१४४ नम्बरको मिनिबसले तिलगंगा आँखा अस्पताल नजिकै यात्रुलाई ठक्कर दिँदा मृत्यु भएको थियो ।

मिनिबसको ठक्करबाट नुवाकोट घर भएका २७ वर्षीय कमल तामाङको मृत्यु भएको थियो । दुर्घटना गराएर प्रतिवादी खरेल भागेका थिए । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले उनलाई २० वर्षपछि पक्राउ गर्न सफल भएको एसपी बोहराले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप