७३ वर्षीया महिलाको सुनकाे सिक्री लुटेर फरार लम्साल पक्राउ
आइतबार, ११ साउन २०८२, २२ : १९
काठमाडौँ । काठमाडौँको लामपाटीमा महिलाले लगाएको सुनको सिक्री लुटपाट गरी फरार रहेका व्यक्तिलाई प्रहरीले आइतबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ ज्वालामुखी गाउँपालिका वडा नम्बर ४ घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. १४ कलङ्की लिक मार्ग बस्ने दिपेश लम्साल रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार गत शुक्रबार वडा नम्बर. १४ लामपाटी स्थित सडकमा पैदल हिँड्दै गरेकी सोही ठाउँ बस्ने ७३ वर्षिया रुकमिणी रायमाझीले घाँटीमा लगाएको १ तोला २५.८ लाल तौल भएको सुनको सिक्री लुटपाट गरी लम्साल फरार भएका थिए ।
सुनको सिक्री सहित पक्राउ परेका लम्साललाई काठमाडौँ जिल्ला अदालतबाट ७ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रहरी उपरीक्षक एवं सूचना अधिकारी अपील राज बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँ जलविद्युत् आयोजनालाई ६ अर्ब बजेट
-
पनौती जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम
-
प्रदेश खेलकुद बोर्डद्वारा एक सय खेलाडी सम्मानित
-
भेरी–बबईको बिजुली जोड्न प्रसारण लाइन निर्माण गरिँदै
-
दिल्लीमा निर्माणाधीन पाँच तले भवन भत्किँदा एक जनाको मृत्यु
-
मध्य पूर्वको बढ्दो तनावप्रति भारतद्वारा चिन्ता व्यक्त, कूटनीतिक संवादमा फर्कन अपिल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण