३३ किलो सुन तस्करी प्रकरण : पोद्दार समुहका व्यवसायी संजय खेतान पक्राउ
काठमाडौं–तस्करीको ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा व्यवसायी सञ्जय खेतान पक्राउ परेका छन् ।
केही दिनअघि पक्राउ परेका विमल पोद्दार समुहमा रहेर सुन तस्करीमा संलग्न खेतानलाई सुन तस्करीबारे छानविन गर्न गठित समितीले नियन्त्रणमा लिइएको बताइएको छ ।
छानविन समिती स्रोतका अनुसार सुन तस्कर डेविटर डाक्टर भन्ने छिरिङ वाङ्गेल घलेसँग खेतान निरन्तर सम्पर्कमा थिए ।
बिहिबार समितिले रेष्टुरेण्ट ब्यवसायी अकवर शाहलाई पक्राउ गरेको थियो ।
अकबर शाहले ललितपुरको लबिम मलमा ‘लेवल थ्री’ नामको हाई क्वालिटीको रेष्टुरेष्ट सञ्चालन गरेको समितिको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
हाई क्वालिटीको फुड सर्भ गर्ने पाश्चात्य शैलीको उक्त रेष्टुरेण्ट दुई करोड लगानीमा सञ्चान गरिएको शाहले समितिसमक्ष बयान दिएका छन् ।
प्रारम्भिक बयानका क्रममा शाहले पछिल्लो ३३ किलो सुन तस्करीमा आफू असंलग्न रहेको तर यसअघी छिरीङसँग मिलेर अबैध सुनको कारोवार गरेको बयान दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालेनको ‘ब्रेकविहीन’ शासनको मोहले दम्भपूर्ण नेतृत्वतर्फ सङ्केत गर्दैछ
-
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
-
सुशासनमा बालेन सरकारका सय दिन
-
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
-
पर्वतको महाशिला: इतिहास र भूगोलको कुरा
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण