यात्रुले विमानलाई बमले उडाइदिने धम्की दिएपछि.....
सारांश
- स्कटल्यान्डमा एक व्यक्तिले विमानमा बम राखेर उडाउने धम्की दिएपछि पक्राउ परेका छन्।
- लन्डनबाट ग्लासगो उडेको इजीजेटको उडानमा उनले होहल्ला मच्चाएका थिए।
- प्रहरीले ती व्यक्तिलाई पक्राउ गरी सोधपुछ गरिरहेको छ, तर विमान र यात्रुहरू सुरक्षित छन्।
स्टकहोम । स्कटल्यान्डमा एक जना पुरुष पक्राउ परेका छन् । विमान उडिरहेको समयमा उनले ठूलो स्वरमा चिच्याएर विमानलाई बमले उडाएर ध्वस्त पार्ने अभिव्यक्ति दिएका थिए । उक्त अभिव्यक्तिका कारण ग्लासगो विमानस्थलमा विमान अवतरण गर्ने बित्तिकै उनलाई पक्राउ गरिएको छ ।
यो घटना लन्डनको लुटन विमानस्थलबाट ग्लासगोका लागि उडेको इजीजेटको उडानमा भएको थियो । सामाजिक सञ्जालमा भाइरल भिडियोमा नाम नखुलाइएका ती व्यक्तिले ‘म विमानमा बम फोडिदिनेछु’, ‘अमेरिका मुर्दावाद’, ‘ट्रम्प मुर्दावाद’ र ‘अल्लाहु अकबर’ भन्दै चिच्याइरहेको देखिन्छ । विमानमा रहेका अर्का यात्रुले उनलाई समातेर भुईँमा पछारेका थिए ।
विमान ग्लासगो विमानस्थलमा अवतरण गर्ने बित्तिकै प्रहरी ४१ वर्षीय ती पुरुषलाई पक्राउ गरेर हिरासतमा राखेको छ । उनीसँग सोधपुछ भइरहेको छ । ग्लासगो टाइम्सका अनुसार, विमानभित्र रहेका कुनै पनि यात्रु वा विमानको सुरक्षामा कुनै हानि नभएको एयरलाइन्सले बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
-
ब्रिटिश स्टिलबारे चीनको क्षतिपूर्ति माग
-
रास्वपाको बागलुङ कार्यसमिति बदर, कैलाली कार्यसमिति सदर
-
यो वर्षको ‘भीपी अग्रवाल उत्कृष्ट शिक्षक अवार्ड’ पाँच शिक्षकलाई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण