म्युजिक नेपाल र म्युजिक डटकमले मेरो सांगीतिक जीवन बर्बाद पार्दैछ : अनिल सिंह
सोमबार, १२ साउन २०८२, ११ : १२
सारांश
- गायक अनिल सिंहले म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई मर्न बाध्य पारेको आरोप लगाएका छन्।
- उनले सामाजिक सञ्जालमा भिडियो सेयर गर्दै दुवैले आफ्नो करियर बर्बाद पारेको बताए।
- यसअघि पनि उनले यी संस्थाहरूले आफ्नो गीत बेचेको आरोप लगाएका थिए।
काठमाडौँ । नेपाली सङ्गीत क्षेत्रका एक समयका चर्चित गायक अनिल सिंहले म्युजिक नेपाल र म्युजिक डटकमले आफूलाई मर्न बाध्य बनाएको बताएका छन् ।
उनले सामाजिक सञ्जालमा म्युजिक नेपाल र म्युजिक डटकमका व्यक्तिहरूसँग छलफल गरेको एक भिडियो सेयर गर्दै दुवैले आफ्नो म्युजिक करियर र सङ्गीत जीवन समेत बर्वाद पार्न लागेको आरोप समेत लगाएका हुन् ।
उनले लेखेका छन्– ‘म्युजिक नेपाल र म्युजिक डटकमले मलाई मर्न बाध्य पार्छ । किन मेरो करियर र सङ्गीत जीवन बर्बाद पार्दैछ ?!’ केही अघि पनि उनले इमेज च्यानल, म्युजिक नेपाल, म्युजिक डट कम र इन्द्रेणी क्यासेट सेन्टर मिलेर आफ्नो गीत बेचेको आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण