नहर छ, पानी छैन
सारांश
- लहान-१० को खुट्टी सिँचाइ नहरको अवस्था दयनीय छ, जुन प्रदेश सरकारको लगानीमा बनेको थियो।
- नहरमा फोहोर जम्मा भएको र मर्मतसम्भारमा ध्यान नदिइएको भन्दै स्थानीयले गुनासो गरेका छन्।
- मन्त्री राजकुमार लेखीले किसानको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्।
सिरहा । लहान–१० स्थित ग्रामीण चोकबाट उत्तरतर्फ खुट्टी नदीसम्म सहरी क्षेत्रमा फैलिएको खुट्टी सिँचाइ नहरको अवस्था अत्यन्तै दयनीय बनेको छ । प्रदेश सरकारको रु आठ करोड ७२ लाख लगानीमा २०७८ सालमा निर्माण भएको नहर हाल अलपत्र अवस्थामा पुगेको छ ।
सिँचाइका लागि निर्माण गरिएको नहर अहिले ठाउँठाउँमा जमेको फोहर, झारपात र ढल मिसिएको पानीले दुर्गन्ध फैलाउने अवस्थामा पुगेको छ । स्थानीयवासी तथा खुट्टी नहर सिँचाइ सङ्घर्ष समितिले पटकपटक आवाज उठाउँदा पनि सम्बन्धित निकायले बेवास्ता गर्दै आएको जनाइएको छ ।
सङ्घर्ष समितिका संयोजक धर्मराज चौधरी, सदस्य हेमन्त यादव, अजय चौधरीलगायतले मधेस प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री राजकुमार लेखी समक्ष सोमबार गुनासो पोख्दै नगर मर्मत गर्न आग्रह गरेका छन् ।
उहाँहरूले नहर सञ्चालनका लागि छुट्याइएको रु १५ लाख अपार्याप्त रहेको जनाउँदै पुनः ध्यानाकर्षण गराए ।
मन्त्री लेखीले किसानहरूको समस्या सम्बन्धित मन्त्रालय र विभाग बढी जिम्मेवार रहेको औँल्याउँदै आफूबाट आवश्यक पहल गर्ने प्रतिबद्धता जनाए ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण