म्युजिक नेपालपछि बुढासुब्बा र इन्द्रेणीसँग लड्दै गायक अनिल सिंह
सारांश
- गायक अनिल सिंह बुढासुब्बाले बुढासुब्बा म्युजिक र इन्द्रेणी क्यासेट विरुद्ध लड्ने भएका छन्।
- उनले बुढासुब्बा म्युजिक र इन्द्रेणी क्यासेट सेन्टर विरुद्ध पहिले नै प्रहरीमा निवेदन दिएका थिए।
- सिंहका अनुसार, यी दुई कम्पनीले उनको दुई एल्बम प्रयोग गरेका छन्।
काठमाडौँ । गायक अनिल सिंह बुढासुब्बा म्युजिक र इन्द्रेणी क्यासेटविरुद्ध लड्ने भएका छन् । सोमबार म्युजिक डटकम, म्युजिक नेपालबाट २२ अडियो गीत फिर्ता लिएका उनी गीतकै लागि बुढासुब्बा म्युजिक र इन्द्रेणी क्यासेट सेन्टरसँग लड्न लागेका हुन् ।
बुढासुब्बा म्युजिक र इन्द्रेणी क्यासेट सेन्टर विरुद्ध प्रहरीमा केही पहिले नै निवेदन दिएको उनले बताए । ‘म्युजिक डटकम, म्युजिक नेपालसँगको लडाई सकियो । अब बुढासुब्बा म्युजिक र इन्द्रेणी क्यासेट सेन्टरसँगको लडाई अगाडि बढ्छ’, गायक सिंहले भने ‘उनीहरूसँग पनि मेरो गीत रहेको छ ।’ केही पहिले नै यी दुईलाई आफ्नो गीत प्रयोग नगर्न अनुरोध गरिसकेपनि अझै केही डिजिटल प्लेटफर्ममा गीत प्रयोग भइरहेको कारण लडाई गर्नु परेको उनले सुनाए ।
सिंहका अनुसार बुढासुब्बा म्युजिक र इन्द्रेणी क्यासेट सेन्टरले सिंहको दुई एल्बम प्रयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण