अपडेट
बागमती कांग्रेस संसदीय दलको बैठक सुरु, अविश्वास प्रस्ताव पढेर सुनाइयो
मङ्गलबार, १३ साउन २०८२, ११ : ५८
सारांश
- बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावबारे छलफल गर्न बसेको छ।
- बैठकमा केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको उपस्थिति रहेको थियो र पत्र पढेर सुनाइयो।
- मुख्यमन्त्री लामाविरुद्धको अविश्वास प्रस्तावमाथि छलफल भई पक्ष र विपक्षमा मतदान हुनेछ।
हेटौंडा । बागमती प्रदेश कांग्रेस संसदीय दलको बैठक सुरु भएको छ । संसदीय दलका नेता तथा प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध ल्याइएको अविश्वास प्रस्तावमाथि छलफल गर्न बैठक बसेको हो ।
बैठकमा कांग्रेसको केन्द्रबाट पठाइएका प्रतिनिधि राजन केसीको समेत उपस्थिति छ । बैठकको सुरुमै केन्द्रीय प्रतिनिधि पठाइएको सम्बन्धमा केन्द्रबाट पठाइएको पत्र पढेर सुनाइएको थियो ।
त्यसपछि संसदीय दलका नेता तथा मुख्यमन्त्री बहादुर सिंह लामाविरुद्ध दर्ता गरिएको अविश्वास प्रस्ताव पढेर सुनाइएको छ ।
यसपछि उक्त प्रस्तावको पक्ष र र विपक्षमा मतविभाजन एवं सनाखत गर्ने बैठकमा सहभागी स्रोतले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गौँथली’ अमेरिकामा पनि प्रदर्शन हुने
-
पर्यटकीय सम्भावना बोकेको ‘राजाकोट’ ओझेलमा
-
इंग्ल्यान्डलाई सेमिफाइनलसम्म पुर्याउने जुड बेलिङ्घमको असाधारण यात्रा
-
मेस्सीको असिस्टमा म्याक एलिस्टरको गोल, पहिलो हाफमा अर्जेन्टिना १–० ले अघि
-
इरानद्वारा स्ट्रेट अफ हर्मुज बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण
-
गणेश नेपालीको परिवार र सरकारबिच दुई दिनदेखि लगातार छलफल, सहमति नजुट्दा हुन सकेन पोस्टमार्टम
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण