मङ्गलबार, २६ जेठ २०८३
ताजा लोकप्रिय

सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पौडेल र रजिष्ट्रार कार्कीले पदबहाली गरे

मङ्गलबार, १३ साउन २०८२, १३ : ५२
मङ्गलबार, १३ साउन २०८२

काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार र रजिस्ट्रारले मंगलबार पदबहाली गरेका छन् ।  मुख्य रजिस्ट्रार विमल पौडेल र रजिस्ट्रार मानबहादुर कार्कीले पदबहाली गरेका हुन् ।

यसअघिका मुख्य रजिस्ट्रार देवेन्द्रराज ढकाल ५८ वर्षे उमेर हदका कारण आइतबार अनिवार्य अवकाशमा गएका थिए । 

मुख्य रजिस्ट्रार ढकालको अवकाशपछि रिक्त पदमा प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको न्याय सेवा आयोगको बैठकले रजिस्ट्रार पौडेललाई मुख्य रजिस्ट्रारमा र सहरजिस्ट्रार मानबहादुर कार्कीलाई बढुवा गर्न सिफारिस गरेको थियो । सोमबार नै बसेको मन्त्रिपरिषद् बैठकले उक्त सिफारिसबमोजिम निर्णय गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप