सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किए
सारांश
- सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार गाडीहरू कैलालीको लम्कीमा दुर्घटनाग्रस्त भए।
- भौतिक पूर्वाधार विकास मन्त्री र आन्तरिक मामिला मन्त्री सवार गाडी ठोक्किए, मानवीय क्षति भने भएन।
- प्रहरीका अनुसार दुर्घटनामा दुवै गाडीमा क्षति पुगेको छ र घटनाको अनुसन्धान भइरहेको छ।
काठमाडौँ । सुदूरपश्चिम प्रदेशका दुई मन्त्री सवार छुट्टाछुट्टै दुई गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको छ। मंगलवार कैलालीको चिसापानीमा आयोजना भएको कार्यक्रममा जाने क्रममा भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानून मन्त्री हिरासिंह सार्की सवार गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटना लम्कीमा भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार से.१ झ ३३० र बा.२ झ १४१९ नम्बरको गाडी एकापसमा ठोक्किएका हुन् ।
दुबै गाडीमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक राजकुमार सिंहले जानकारी दिए। ठक्करबाट बा.२ झ १४१९ नम्बरको गाडीको पछाडिको भागमा क्षति पुगेको छ । यस्तै से.१ झ ३३० नम्बरको गाडीको अगाडिपट्टिको भागमा क्षति पुगेको छ ।
से.१ झ ३३० गाडीमा मन्त्री सुरेन्द्र पाल र बा.२ झ १४१९ नम्बरको गाडीमा मन्त्री हिरासिंह सार्की सवार रहेको खुलेको छ । हिरासिंहको गाडी सुरेन्द्र पालको भन्दा अगाडि रहेको थियो । उनको गाडीमा पछाडि रहेको पालको गाडी ठोक्किएको थियो ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
-
‘प्रधानमन्त्री ‘सिंघम’ शैलीमा संसद् आउँछन्, सभामुख सत्तापक्षको ‘रक्षाकवच’ बने’
-
‘अहिलेको सरकारले टुङ्गो नलगाए सङ्क्रमणकालीन न्यायको मुद्दा कहिल्यै सुल्झिँदैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण