बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मन्त्री सवार गाडी दुर्घटना

प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुन हुइँकिएका दुई मन्त्री यसरी परे दुर्घटनामा

मङ्गलबार, १३ साउन २०८२, १४ : ४२
मङ्गलबार, १३ साउन २०८२

सारांश

  • प्रधानमन्त्रीको कार्यक्रममा सहभागी हुन जाँदै गर्दा सुदूरपश्चिमका दुई मन्त्री सवार गाडी दुर्घटनामा परे।
  • कैलालीको लम्कीमा दुई मन्त्री सवार गाडी आपसमा ठोक्किए, जसका कारण गाडीमा क्षति पुगेको छ।
  • दुर्घटनामा मानवीय क्षति नभएको र मन्त्रीहरू अर्को गाडीबाट कार्यक्रमस्थलतर्फ प्रस्थान गरेका छन्।

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख अतिथि रहेको कार्यक्रममा सहभागी हुन हुइँकिएका सुदूरपश्चिम प्रदेशका दुई मन्त्री दुर्घटनामा परेका छन् ।

रानी जमरा कुलरिया सिँचाई आयोजना उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओली चिसापानी आउने भएपछि भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल र आन्तरिक मामिला तथा कानुन मन्त्री हिरासिंह सार्की त्यसतर्फ जाँदै थिए । 

तर, दुई मन्त्री सवार गाडी एकापसमा ठोक्किएर दुर्घटनामा भएको छ। मंगलबार कैलालीको लम्कीमा गाडी एकापसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार लम्की बहुमुखी क्याम्पस नजिकै, अगाडि रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयको से.१ झ ३३० मम्बरको कालो रङको गाडी का चालकले बाटोमा रहेका एक व्यक्तिलाई अभिवादन गर्न एक्कासि ब्रेक लगाएका थिए ।

त्यही बेला पछाडिबाट तीव्र गतिमा आइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको बा.२ झ १४१९ नम्बरको रातो रङको गाडी कालो गाडीमा ठोक्किएको थियो ।

ठक्करबाट कानूनमन्त्री सवार रातो गाडीको अगाडिको भाग पूर्णरुपमा क्षतिग्रस्त भई चल्न नसक्ने अवस्थामा छ। यस्तै भौतिक पूर्वाधारमन्त्री सवार कालो गाडीको पछाडिपट्टि क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार दुर्घटनामा कुनै पनि मानवीय क्षति भने भएको छैन। दुवै मन्त्री सुरक्षित छन् भने उनीहरू अर्को गाडीको व्यवस्था गरी चिसापानी पुगेका छन् । प्रहरीले घटनास्थलमा पुगेर घटनाबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप