शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

इराकमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली स्वदेश फिर्ता

मङ्गलबार, १३ साउन २०८२, १५ : १७
मङ्गलबार, १३ साउन २०८२

काठमाडौं । संयुक्त राष्ट्र संघअन्तर्गत इराकस्थित शान्ति मिसनमा तैनाथ रहेका नेपाली शान्ति सैनिकहरूको अन्तिम टोली स्वदेश फिर्ता भएको छ।

संयुक्त राष्ट्र संघको आह्वानमा त्यहाँ कार्यरत सबै शान्ति सैनिक र कर्मचारीलाई सन् २०२५ को जुलाई अन्त्यसम्ममा फिर्ता गरिसक्ने निर्णयअनुसार मिसनमा खटिएका ८८ जना नेपाली शान्ति सैनिकमध्ये अन्तिम चरणको २७ सदस्यीय टोली आज स्वदेश फर्किएको हो।

प्रमुख सेनानी हिमालय थापाको नेतृत्वमा रहेको उक्त टोलीको आगमनसँगै मिसनमा तैनाथ सबै नेपाली सैनिकहरू विभिन्न चार व्यावसायिक उडानमार्फत स्वदेश फिर्ता भइसकेको सेनाले मंगलबार जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप