राजनीतिक दलले चुनावमा मात्रै प्रतिस्पर्धा गरौँ : प्रधानमन्त्री ओली
सारांश
- प्रधानमन्त्री केपी शर्मा ओलीले चुनावको बेला बाहेक विकासका काममा साझा प्रयास गर्न आह्वान गरेका छन्।
- उनले नेपालको अर्थतन्त्र आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन लगानीको वातावरण बनाउनुपर्ने बताए।
- प्रधानमन्त्री ओलीले राष्ट्रिय सभामा भएको बहसको प्रशंसा गर्दै सदस्यहरुलाई धन्यवाद दिए।
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलहरूले चुनावको बेलामा मात्रै प्रतिस्पर्धा गर्ने र अन्य समयमा मुलुकको विकासका काममा साझा प्रयास गर्न आह्वान गरेका छन् । बुधबार राष्ट्रियसभामा नेपालको अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो आह्वान गरेका हुन ।
उनले चुनावको बेलामा बाहेक अन्य समयमा विकासका काममा साझा प्रयासले मात्रै परिवर्तन ल्याउन सकिने बताए । उनले भने,‘सिङ्गो देश एकजुट भएर हामी अगाडि बढ्न सक्छौँ, मुख्य कुरा विकासका मामलामा एकजुट हुनुपर्छ । प्रतिस्पर्धा चुनावका बेलामा गरौँ । अघिपछि विकासका काममा साझा प्रयासका साथ अघि बढौँ । हामी परिवर्तन ल्याउन सक्छौँ ।’
प्रधानमन्त्री ओलीले साझा प्रयास गरेर विकास गर्न सके नेपाल अर्थतन्त्रमा आत्मनिर्भर र राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सकिने बताए । उनले मुलुकको राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सके लगानीका लागि सकारात्मक वातावरण बन्ने दाबी गरे ।
प्रधानमन्त्री ओलीले भने, ‘पहिले आत्मविश्वास बढाएर उत्पादकत्व र उत्पादनमा वृद्धि गर्नुपर्छ । त्यसपछि मात्रै अर्थतन्त्र बलियो हुँदै जान्छ । अहिले सरकारले गरेको कामबाट विश्वास छैन भनेर कतिपय साथीहरूले भनिरहनुभएको छ । निजी क्षेत्रलाई सोधौँ त ।’
उनले पुरानै शैलीमा अब पनि सरकारले केही गरेको छैन भनेर भन्न छाड्नुपर्ने बताए । उनले सरकारले मुलुकको चौतर्फी विकासको लागि तीव्र रूपमा काम गरिरहेको उल्लेख गरे ।
प्रधानमन्त्री ओलीले सभामा बोल्दै राष्ट्रियसभामा भएको बहसको भने प्रशंसा गरे । उनले विषय केन्द्रित बहस गरेको भन्दै राष्ट्रियसभाका सदस्यहरूलाई धन्यवाद समेत दिए ।
उनले भने, ‘आजको छलफल हेर्दा राष्ट्रियसभाको गरिमा धान्ने गरी नै छलफल भएको लागेको छ । सुरुमै सभाध्यक्षले जे अपेक्षा गर्नुभएको थियो, त्यस्तै भएको छ । समय सीमाभित्र छलफल सीमित गर्नुभएको छ । ३ मिनेटको समयमा केही पनि नछुट्ने गरी प्रस्तुत हुनुभएको छ । बहसको यो शैली, यो तरिका र गहिराइसहितको छलफलका लागि धन्यवाद भन्न चाहन्छु ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण