वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय हो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको बताएका छन् ।
बुधबार राष्ट्रियसभाको बैठकमा अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलमा जवाफ दिँदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले केही भ्रष्टाचारीलाई कारबाही गरेकै आधारमा भ्रष्टाचार मौलायो भन्ने प्रचार गरिएको भन्दै आपत्ति जनाए । सरकारले एक–दुई जनालाई कारबाही गर्यो भने सरकार र भ्रष्टाचार पर्यायवाची भन्न थालिएको बताए ।
उनले भने,‘ सरकारले भ्रष्टाचार नियन्त्रणको काम गर्दा छ्यालब्याल रैछ भन्छन्। भ्रष्टाचार गर्नेलाई कारबाही नै नगर्ने त ? भ्रष्टाचार गर्न दिइन्नँ, कसैले गर्यो भने कारबाही हुन्छ । त्यही त गर्ने हो नि । सरकार भ्रष्टाचार नियन्त्रणको पर्याय भएको छ, कहाँको भ्रष्टाचारको पर्याय ? गम्भीर विषयमा छलफल हुँदा हामीले पनि त्यही गम्भीरताका साथ लिनुपर्छ भन्ने म ठान्छु ।’
प्रधानमन्त्री ओलीले वर्तमान सरकार भ्रष्टाचार नियन्त्रण गर्ने विषयमा प्रतिबद्ध भएर काम गरिरहेको समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पातपतिङ्गरबाट प्राङ्गारिक मल
-
पाराग्वेलाई पन्छाउँदै फ्रान्स क्वाटरफाइनलमा
-
पेनाल्टी गोलमार्फत फ्रान्सलाई १–० को अग्रता, गोल्डेन बुटको दौडमा एम्बाप्पे अघि
-
फ्रान्स र पाराग्वेबिचको रोमाञ्चक भिडन्त जारी, पहिलो गोलको खोजीमा दुवै टोली
-
यो साता यी राशिहरूका लागि लाभको संकेत
-
फ्रान्सलाई रोक्दै इतिहास रच्ने दाउमा पाराग्वे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण