दुई प्रस्ताव टुङ्ग्याउँदै साउन २३ गतेसम्मका लागि स्थगित भयो राष्ट्रियसभा
सारांश
- राष्ट्रियसभा बैठकले दुई प्रस्ताव टुङ्ग्यायो, जसमा विकासशील राष्ट्रको प्रतिवेदन स्वीकृत भयो।
- सांसदहरूका प्रश्नको प्रधानमन्त्री ओलीले जवाफ दिएपछि प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिइयो।
- बैठकले चलचित्र विधेयक २०८१ लाई दफावार छलफलका लागि समितिमा पठाउने प्रस्ताव पारित गर्यो।
- राष्ट्रियसभा बैठक साउन २३ गतेसम्मका लागि स्थगित भएको छ।
काठमाडौँ । राष्ट्रियसभा बैठकले पेस भएका दुई प्रस्ताव टुङ्ग्याएको छ । बुधबारको बैठकमा पेस भएका दुई प्रस्ताव टुङ्ग्याएको हो ।
बैठकमा राष्ट्रियसभामा अति कम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतीसम्बन्धि प्रतिवेदन स्वीकृत गरेको छ । सर्वसम्मतिले प्रतिवेदन स्वीकृत गरेको हो । प्रतिवेदनमाथि छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएका थिए । त्यसपछि अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिवेदनमा समेटिएका विषय प्राथमिकताका आधारमा कार्यान्वयन गर्दै जान सरकारलाई निर्देशन दिए ।
त्यस्तै बैठकले चलचित्र विधेयक २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव पारित गरेको छ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पेस गरेकोको प्रस्ताव सर्वसम्मतिले पारित गरेको हो ।
राष्ट्रियसभा बैठक साउन २३ गते सम्मका लागि स्थगित भएको छ । अध्यक्ष दाहालले अब बैठक साउन २३ गते बिहान सवा ११ बजे बस्ने घोषणा गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण