घर भत्किँदा किचिएर बालकको मृत्यु
बुधबार, १४ साउन २०८२, २१ : ४५
सारांश
- सर्लाहीको चन्द्रनगर गाउँपालिकामा घर भत्किँदा एक बालकको मृत्यु भएको छ।
- पुरानो घर भत्किँदा घरमा किचिएर ६ वर्षीय बालकको घटनास्थलमै मृत्यु भएको हो।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र शव परीक्षणका लागि अस्पताल लगिएको छ।
सर्लाही । यहाँको चन्द्रनगर गाउँपालिका–६, कामद टोलमा आज एक घर भत्किँदा किचिएर एक बालकको मृत्यु भएको छ । आज दिउँसो ४ः ३० बजेको समयमा नवीन सिंहको पुरानो दुई तले पक्की घर अचानक भत्किएको थियो ।
आँगनमा खेलिरहेका स्थानीय गौतम माझीका ६ वर्षीय छोरा अरुण माझीको किचिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता सरोज राईले जानकारी दिए । प्रहरी टोली घटनास्थल पुगेको र प्रहरी, स्थानीय मिलेर जेसिबीको सहायतामा भत्किएको घरको भग्नावशेष हटाउने काम भइरहेको जनाइएको छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राईले बताए । काठ, इँटा र माटोले बनेको उक्त घर पुरानो भएर लडेको हुनसक्ने प्रहरीको अनुमान छ । मृत बालकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलङ्वामा लगिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बास्तोला कम्प्लेक्सको संरचनामा पोखरा महागरले चलायो डोजर (तस्बिरहरू)
-
बिदा हुन लागेको केन्द्रीय समितिलाई सभापति लामिछानेको भावुक सम्बोधन
-
राष्ट्रिय स्वाधीनता खतरामा छ, एकजुट भएर सङ्घर्षको तयारी गरौँ : राजेन्द्र पाण्डे
-
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा काठमाडौँमा हुने
-
जम्मा पाँच वर्ष
-
नेपालको विद्युत् निर्यातबारे बङ्गलादेशमा चर्चा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण